Logo

आइतवार, कार्तिक २ गते २०८३

images

वालिङबाट राहदानी लिनेको संख्या घट्यो

वालिङबाट राहदानी लिनेको संख्या घट्यो

  • गोपाल जिटी
  • बिहिवार, श्रावण २४ २०८१


  • वालिङबाट राहदानी लिनेको संख्या घट्यो

    साउन—२४, स्याङ्जा ।
    वालिङबाट राहदानी लिनेको संख्या घटेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्षमा राहदानी लिनेको संख्या घटेको ईलाका प्रशासन कार्यालय वालिङको तथ्याङ्कले देखाएको हो । आर्थिक वर्ष २०८०÷०८१ मा ईलाका प्रशासन कार्यालयबाट ७ हजार ३ सय ७९ जनाले राहदानी लिएका छन् । जसमा दु्रत सेवा सिफारिसमा ३८ वटा रहेको छ भने कार्यालयबाट राहदानी सिफारिसको संख्या ७ हजार ८ सय २५ रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा कार्यालयबाट ९ हजार ४ सय ३७ राहधानी वितरण गरिएको थियो । 
    ईलाका प्रशासन कार्यालयका अनुसार वालिङबाट वितरित राहदानीको संख्या आर्थिक वर्ष २०७९÷०८० मा भन्दा २०८०÷०८१ मा २ हजार ५८ ले कमि हो । अघिल्लो आर्थिक वर्षमा दु्रत सेवा सिफारिसमा २ सय ३ जना रहेका थिए भने राहदानी सिफारिसको संख्या ९ हजार ६ सय ९७ रहेको थियो । कार्यालयबाट राहदानी लिनेको संख्या घटेपछि राजस्व संकलन पनि अघिल्लो वर्ष भन्दा कम सङ््कलन भएको छ । २०८०÷०८१ मा ४ करोड २४ लाख ९८ हजार संकलन गरेको छ भने अघिल्लो आर्थिक वर्षमा कार्यालयले ५ करोड २२ लाख ६७ हजार ५ सय १० राजस्व संकलन भएको थियो । 
    त्यस्तै गत वर्ष भन्दा अघिल्लो आर्थिक वर्षमा नयाँ नागरिकता लिने र नागरिकताको प्रतिलिपि लिने पनि धेरै छन् । आर्थिक वर्ष २०७९÷०८० मा ईलाका प्रशासन कार्यालयबाट ५ हजार ३ सय ९१ नयाँ नागरिकता वितरण गरिएको छ भने नागरिकताको प्रतिलिपि, संसोधन गर्नेको संख्या ४ हजार ७ सय ५४ रहेको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा नयाँ नागरिकता लिनेको संख्या ४ हजार ५ सय ८३ र नागरिकताको प्रतिलिपि, संसोधन गर्नेको संख्या ४ हजार ३ सय १ रहेको छ । 
    त्यस्तै अघिल्लो आर्थिक वर्षमा १२ हजार ५ सय १० जनाले राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचाएका छन् भने २ सय २५ जनाले जनजाति प्रमाणित गरेका छन् । त्यस्तै ४२ जनाले दलित प्रमाणित गरेका छन् भने १० जनाले जातीय प्रमाणित गरेका छन् । २ सय ८८ जनाले नाबालक परिचय पत्र बनाएका छन् भने ८ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका छन्् । 
    गत आर्थिक वर्ष २०८०÷०८१ म ११ हजार ८७२ जनाले राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचाएका छन् भने १ सय ९७ जनाले जनजाति प्रमाणित, ७३ जनाले दलित प्रमाणित र ३३ जनाले जातीय प्रमाणित गराएका छन् । त्यस्तै ३ सय ६८ जनाले नाबालक परिचय पत्र बनाएका छन् भने ५ जनाले वैवाहिक अंगिकृत लिएका छन् । 
    ईलाका प्रशासन कार्यालय वालिङको कार्यक्षेत्र अन्तर्गत वालिङ, चापाकोट, गल्याङ नगरपालिकाका सबै वडा, भीरकोट नगरपालिकाको वडा नं. ४, ५ र ९, कालीगण्डकीका सबै वडा, बिरुवा गाउँपालिकाका ६, ७ र ८ वडाहरुका साथै हरिनास गाउँपालिकाका ५, ६ र ७ नं. वडा पर्दछन् । 

    बिहिवार, श्रावण २४ २०८११२:२०:३५

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend