साउन २८, वालिङ
स्याङ्जाको भीरकोट ४ स्थित छाङ्छाङ्दी छायाँक्षेत्र मन्दिरमा आज साउन महिनाको अन्तिम सोमबार विहानैदेखि भक्तजनहरुको घुईंचो लागेको छ ।
जिल्लाकै धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्वको छायाँक्षेत्रमा दैनिकजसो नै दर्शनार्थीहरु आउने गर्दछन् । साउन महिना शिव महिमा भएकाले थप दर्शनार्थीको उपस्थिति हुने गर्दछ ।
साउनको पहिलो सोमबारदेखि साँझको समयमा दैनिक महाआरती गर्दै आइएको छ । दैनिकजसो नै साँझको महाआरतीका बेला पनि भक्तजनहरुको भीड लाग्ने गरेको छ । आज साउन महिनाको अन्तिम सोमबार साँझको महाआरती अझ विशेष रहने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले जानकारी गराउनुभयो । अध्यक्ष श्रष्ठका अनुसार महिनाको पहिलो सोमबारदेखि सुरु गरिएको महाआरती अन्तिम सोमबार भक्तजनहरुको विशेष उपस्थिति रहने छ । भक्तजनहरुले इच्छा अनुसार आ आफ्नो मनोकामना अनुसार बाल्न पाइने भएकाले र धेरैजना सम्पर्कमा रहनुभएकाले पनि आज साँझको महाआरतीमा विशेष सहभागिता रहने विश्वास गरिएको छ।
साउनलाई शिव महिना वा शिव महिमाकारुपमा लिइने भएकाले यो समयमा भगवानको पवित्र मन्दिर दर्शनसहित महाआरती लगाउनाले पूण्य मिल्ने जनविश्वास छ । इच्छा भएर पनि छुट्नुभएको छ भने महाआरतीमा सहभागिता जनाई लाभलिन अध्यक्ष श्रेष्ठको आग्रह छ ।