Logo

आइतवार, कार्तिक २ गते २०८३

images

दुध र मासुमा आत्मनिर्भरताका लागि वालिङ नगरपालिकाको प्रभावकारी भूमिका

दुध र मासुमा आत्मनिर्भरताका लागि वालिङ नगरपालिकाको प्रभावकारी भूमिका

  • गोपाल जिटी
  • बुधवार, श्रावण ३० २०८१


  • दुध र मासुमा आत्मनिर्भरताका लागि वालिङ नगरपालिकाको प्रभावकारी भूमिका


    साउन—३०, वालिङ ।
    वालिङ नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ दुध र मासुमा आत्मनिर्भरताका लागि प्रभावकारी भूमिकामा अग्रसर देखिएको छ । अनुदानलगायतका विभिन्न कार्यक्रमले दुध र मासुमा आत्मनिर्भरताका लागि आर्थिक वर्ष २०८०÷०८१ मा प्रभावकारी भूमिका रहेको नगरपालिकाको पशुसेवा कार्यालयको तथ्याङ्कले देखाएको हो । नगरपालिकाले निःशर्त र शसर्त गरी दुई तरिकाबाट किसान प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको थियो । 
    नगरपालिकाको पशु सेवा शाखा कार्यालय मार्फत सञ्चालित बीमा तथा अनुदानलगायतका कार्यक्रमले किसानहरुलाई थप उर्जाशील बनाएको शाखाका प्रमुख डा. रोशन बस्याल बताउनुहुन्छ । नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउनका लागि भनेर गाई खरिद एवम् पशु बीमाका कार्यक्रम सञ्चालन गरेको हो । यसकासाथै किसानहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न समयमा तालिममा सहभागी गराइएको थियो । नगरपालिकाले गाई खरिदमा रु.५० हजारका दरले किसानहरुलाई अनुदान प्रदान गरेको छ । यस अन्तर्गत विभिन्न किसानहरुलाई गरी ३९ वटा गाई खरिदका लागि गत आवमा अनुदान प्रदान गरिएको नगरपालिकाको पशु सेवा कार्यालयले जानकारी दिएको छ । शाखाका प्रमुख डा.बस्यालका अनुसार पशुहरुको बीमासमेत गराईको छ भने गाई भैंसीपालन सम्बन्धी तालिम दिइएको छ । यसैगरी व्यवसायिक किसानहरुलाई बीउ पूँजी वितरण गरेर व्यवसाय प्रवद्र्धनलाई टेवा पु¥याउने काम भएको छ । यस अन्तर्गत १८ जना व्यवसायीक किसानका लागि ३१ लाख बराबरको बीउ पूजी वितरण गरिएको छ । यी कार्यक्रमहरुबाट आँफूहरुलाई थप उत्साही बनाएको र यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालनमा ल्याउनुपर्ने किसानहरुको भनाई रहेको डा. बस्यालले बताउनुभयो । यसबाट राम्रो प्रभाव परेको छ, धेरै किसानहरु खुसी हुनुहुन्छ । योसँगै किसानहरुमा उत्साह मिलेको र उत्पादनमा पनि वृद्धि हुनेमा आँफूहरु विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो ।R.jpg
    पशुपालनका लागि पहिलो आधार घाँस हो, त्यसैले पशु आहारमा कमि नहोस भनेर उन्नत जातका विभिन्न किसिमका घाँसका बीरुवा तथा बीउ उपलव्ध गराइएको छ । उन्नत जातका घाँसहरुमा मोलाटो, ग्वाटेमाले, स्मार्ट नेपियर, अम्लिसो र रेड नेपिएरका बिरुवा सबैभन्दा धेरै वितरण गरिएको हो । १४ हजार २ सय ८३ वटाका दरले यी सबै जातको घाँसका बिरुवा वितरण गरिएको डा. बस्यालले जानकारी गराउनुभयो । यसैगरी सुपर नेपिएरका ९ हजार ४ सय २८ बिरुवा वितरण गरिएको छ भने राइ खनियोको ४ हजार र भटमासेका २ हजार २ सय ८३ बिरुवा वितरण गरिएको हो । स्टाइलोको २५ किलो बीउ वितरण गरिएको छ भने मसलाबालीमा शितलचिनीको ४ सय ३० बिरुवा प्रदान गरिएको छ ।
    यसैगरी स्वस्थ मासु उपलव्धताका लागि अनुगमनसहित व्यावसायीहरुलाई तालिममा सहभागी गराइएको छ । यसका लागि मासु पसलहरुको अनुगमन गरी स्वच्छ र स्वस्थ्य मासु उत्पादन तथा प्रशोधन सम्बन्धी तालिम प्रदान गरिएको हो । योसँगै बङ्गुरका पाठापाठी वितरणसहित औषधी तथा खोप कार्य सञ्चालन भएको थियो । बङ्गुर बिकास कार्यक्रम अन्तर्गत नगरका विभिन्न वडामा गरी १ सय वटा पाठा पाठी वितरण गरिएका हुन् । पशुको स्वास्थ्य अवस्था राम्रो हुन आवश्यक हुन्छ । त्यसैले पशुहरुको सुधारका लागि एक वडा एक स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरण एवम् लम्पीस्किन विरुद्धको खोपकार्य सञ्चालन गरिएको थियो ।
    यसका साथै किसानहरुको माग र आवश्यकता आधारमा हेफर संस्थासँगको सहकार्यमा बङ्गुर थप पाठापाठी वितरण गरिएको छ । यस अन्तर्गत वडा नम्वर ५ र ६ मा गरी बङ्गुर का २ वटा (बीउ) वीरसहित ४३ वटा पाठापाठी वितरण गरिएका हुन् । 
    यस्तैगरी बाख्रा व्यवस्थापनका कार्यक्रमले पनि प्राथमिकतामा पारिएको थियो । यस अन्तर्गत वडा नम्वर ३ मा ४ बीउ बोकासहित ४१ बाख्रा र वडा नम्वर ४ मा ६ वटा बीउ बोकासहित ५९ बाख्रा वितरण भएका हुन् । यी सबै निशर्त अनुदानका कार्यक्रम अन्तर्गत प्रदान गरिएका हुन् । 
    यसैगरी सशर्त अन्तर्गत अनुदानलगायतका कार्यक्रममा पनि किसानहरुलाई सहभागी गराइएको छ । सशर्त अनुदानका कार्यक्रममा अकला नमुना साना किसान सहकारी अन्तर्गत दुध सङ्कंलन गर्ने ४० जना किसानहरुलाई प्रति लिटर दुधमा १० रुपैयाका दरले अनुदान उपलव्ध गराएको हो । यस अन्तर्गत अनुदान स्वरुप रु ७ लाख १६ हजार ९ सय २ रुपैया प्रदान गरिएको हो । 
    यस्तै गरेर प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत बाख्रा वितरणसहित तालिम एवम् निःशुल्क औषधी प्रदान गरिएको छ । थप सुधार गर्नका लागि कृत्रिम गर्भाधानको कार्यक्रम र महामारी रोग नियन्त्रणका लागि उपकरण खरिद गरिएको पशु सेवा शाखाले जनाएको छ ।

    बुधवार, श्रावण ३० २०८१०४:२२:३८

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend