Logo

आइतवार, कार्तिक २ गते २०८३

images

देशभर आंशिक देखि साधारणतया बदली रहने, केही स्थानमा भारी वर्षा हुने

देशभर आंशिक देखि साधारणतया बदली रहने, केही स्थानमा भारी वर्षा हुने

  • गोपाल जिटी
  • बुधवार, भाद्र ५ २०८१


  • देशभर आंशिक देखि साधारणतया बदली रहने, केही स्थानमा भारी वर्षा हुने

    भदौ ५, स्याङ्जा ।
    आज देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखा काठमाडौले जनाएको छ । मौसम बदलीसँगै केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिन मार्फत जानकारी गराएको हो ।
    अस्ती सोमबारदेखि पर्न थालेको पानीले देशका विभिन्न स्थानमा बाढीसहित डुवानमा पारेको छ । पहाडी क्षेत्रमा पहिरो र सडक अवरुद्धका छिटपुट घटनाहरु भएका छन् । आजदेखि पर्सी शुक्रबार विहानसम्म नै मौसम यथावत रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    जिल्लाका अधिकांश स्थानमा रातभर सामान्यदेखि मध्यम वर्षा भएको स्याङ्जामा अहिले रोकिएको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी,गण्डकी,लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बुलेटिन मार्फत जानकारी गराएको छ ।

    बुधवार, भाद्र ५ २०८१०७:४१:४०

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend