Logo

शनिवार, कार्तिक १ गते २०८३

images

यो सरकार विकास र सुशासनकै लागि बनेको हो ः प्रधानमन्त्री ओली

यो सरकार विकास र सुशासनकै लागि बनेको हो ः प्रधानमन्त्री ओली

  • PNN Times
  • बिहिवार, भाद्र ६ २०८१


  • यो सरकार विकास र सुशासनकै लागि बनेको हो ः प्रधानमन्त्री ओली

    भदौै–६,काठमाडौ
    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सांसदहरूका प्रश्नको जवाफ दिनुभएको छ । सांसदहरूले नेपालको विदेश नीति, विकास निर्माणमा भएको ढिलाइ, संविधान संशोधन, शिक्षा, स्वास्थ्य क्षेत्रमा देखा परेका समस्यालगायतका विषयमा प्रश्न सोधेका थिए ।
    प्रधानमन्त्री ओलीले सबै प्रश्नका जवाफ दिनुभएको छ । अहिलेको सरकार समृद्धि र विकास तथा सुशासनका लागि नै बनेको दाबी गर्दै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार सैह्य नहुने दोहो¥याउनुभयो । देशका विभिन्न क्षेत्रमा समस्या रहेको तर समस्या अहिलेको सरकारले नल्याएको ओलीको भनाइ छ ।
    यस्तै प्रधानमन्त्रीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
    पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिने परम्परा शुरू भएको थियो । त्यसकै निरन्तरता दिँदै आज संसद्मा सांसद–प्रधानमन्त्री प्रश्नोत्तर भएको हो ।

    बिहिवार, भाद्र ६ २०८१०६:२७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend