Logo

आइतवार, कार्तिक २ गते २०८३

images

वालिङमा तीजको अवसरमा शुभकामना आदानप्रदान

वालिङमा तीजको अवसरमा शुभकामना आदानप्रदान

  • गोपाल जिटी
  • शुक्रवार, भाद्र ७ २०८१


  • वालिङमा तीजको अवसरमा शुभकामना आदानप्रदान

    भदौ—७,  वालिङ ।
    व्युटिपार्लर एशोसियसन स्याङ्जाले हरितालिका (तिज) को अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गरेको छ । महिलाहरुको महान पर्व हरितालिका (तिज) को अवसरमा व्युटिपार्लर एशोसियसन स्याङ्जाले आज शुक्रबार वालिङमा  शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गरेको हो ।
    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले हाम्रा संस्कार र संस्कृतिको जगेर्णा गर्न यस्ता शुभकामना आदानप्रदान तथा जमघट कार्यक्रमले टेवा पु¥याउने बताउनुभयो ।
    आँफूले पनि सौन्दर्य कलाको तालिम लिएको स्मरण गर्दै प्रमुख जिल्ला अधिकारी नेपालले सौन्दर्य पेशाले महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाएको बताउनुभयो । उहाँले सौन्दर्य कलाको सीपले व्यक्तिलाई आत्मविश्वासी बनाउने भन्दै व्यवसायिक रुपमा अगाडि बढ्दा सुनौतीसंँगै अवसरहरु पनि रहेको व्यक्त गर्नुभयो । पछिल्लो समय सौन्दर्य कलाको दायरा फराकिलो हुँदै आएकाले स्वरोजगारीसँगै आय आर्जनको राम्रो माध्यम बनेको  उहाँले उल्लेख गर्नुभयो ।
    कार्यक्रममा वरिष्ठ व्युटिसियन चिनु गुरुङले सौन्दर्यकलाको पेशामा धेरै चुनौती रहेको भन्दै यो पेशाले देशको अर्थतन्त्रलाई बलियो बनाउन मद्दत गरिरहेको बताउनुभयो । चुनौतीका बाबजुद पनि सौन्दर्यकला पेशामा महिला दिदिबहिनीहरुको आकर्षण बढिरहेको भन्दै सीप जीवनको महत्वपूर्ण पक्ष भएको वरिष्ठ व्युटिसियन गुरुङको भनाई छ ।
    कार्यक्रममा निवर्तमान कार्यसमिति अध्यक्ष पुष्पा अर्यालले आफ्नो दुई कार्यकालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै एशोसियसनका संस्थापक अध्यक्ष चुत्रकुमारी थापा दुर्गा, एशोसियसनका पूर्व अध्यक्ष लिसु अधिकारी, निवर्तमान कानुनी सल्लाहकार दिपक लम्साल, निवर्तमान प्रेस सल्लाहकार राधाकृष्ण डुम्रेलाई सम्मान गर्नुभएको थियो । एशोसियसनको अधिवेशन पोखरामा गरिएकाले आफ्नो कार्यकालमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएका तर पोखरामा सहभागी हुन नसक्नुभएका अग्रजहरुलाई आजको कार्यक्रममा सम्मान गरिएको निवर्तमान अध्यक्ष अर्यालले बताउनुभयो ।

    शुक्रवार, भाद्र ७ २०८१०६:५४:०७

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend