निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले राजेश हमालका फ्यानहरुसँग माफी मागेकी छिन् । उनले एक अन्तर्वार्तामा सुपरस्टार राजेश हमालका बारेमा दिएको अभिव्यक्तिले हमाल महानायक होइनन् भन्ने अर्थ लागेकोमा हमालका फ्यानहरुसँग माफी मागेकी हुन् ।
निरौलाले आफ्नो फेसबुक वालमा एक लामो स्टाटस लेख्दै ‘हमालले महानायक भएपछि अहिलेको विषम परिस्थितिमा चलचित्र क्षेत्रमा अभिभावकको भूमिका निर्वाह गर्न नसक्नु’ले यो विषयमा बोलेको बताएकी छिन् । उनले प्रधानमन्त्री, महानायक, कलाकार, भगवान सबैसँग गुनासो गर्न पाइने बताएकी छिन् ।
साथै राजेश हमाललाई महानायक होइनन् भन्ने हैसियत आफ्नो नभएको भन्दै उनले लेखेकी छिन्, ‘हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहिरहनुहुनेछ ।’ उनले अफ्नो कारणले आफ्ना शुभचिन्तकहरुको मन दुख्न गएकोमा समेत माफी मागेकी छिन् ।