Logo

आइतवार, कार्तिक २ गते २०८३

images

जिल्ला प्रशासनको अनुरोध

जिल्ला प्रशासनको अनुरोध

  • गोपाल जिटी
  • बुधवार, भाद्र १२ २०८१


  • जिल्ला प्रशासनको अनुरोध

    भदौ १२, वालिङ ।
    जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नेपाली महिलाहरुको महान पर्व हरितालिका (तिज) पर्वलाई मौलिक रुपमा मनाउन आग्रह गरेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाको दिन हर्षोल्लासका साथ मनाईने हरितालिका (तीज) पर्व कुनै तडक भडक नगरी मौलिक रुपमा मनाउन प्रशासनले ११ गते मङ्गलबार एक सूचनामार्फत आग्रह गरेको हो ।
    सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलद्वारा जारी सूचनामा पछिल्ला समय तीज पर्व परम्परागत मौलिक चरित्र र सामाजिक सांस्कृतिक मान्यतालाई ओझेलमा पार्ने गरी अनावश्यक रुपमा खर्चिलो तथा भड्किलो हुँदै गएको र देखासिकीमा परिवारले धान्न नसक्ने तथा मुस्किल पर्ने गरी फजुल खर्च गर्ने देखिएको भन्दै प्रशासनले मौलिक परम्पराका आधारमा मान्न मनाउन भनेको छ ।
    विभिन्न प्रस्तुतिहरुमा मौलिकता र व्यक्तिगत रचनाले प्राथमिकता पाउन छाडेको जस्ता गुनासाहरु प्राप्त भएकोले तीज पर्व मनाउँदा हाम्रो समाजको परम्परागत मौलिकता, सांस्कृतिक परम्परा र गौरव कायम राख्दै स्थानीय प्रतिभाहरुलाई प्रस्फुटन हुने वातावरण सिर्जना गर्न जिल्ला प्रशासनको सूचनामा भनिएको छ । महिला शसक्तिकरण, लैंगिक समानता र सामाजिक सद्धभाव बढाउने गरी स्वस्थ र शान्तिपूर्ण रुपमा र हार्दिकतापुर्वक ढंगले मनाउन प्रशासनले आग्रह गरेको हो ।Jj.jpg

     

    images

    बुधवार, भाद्र १२ २०८१०८:४५:३८

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend