Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्यटकीय क्षेत्र पालुस्थानमा नेपालको राष्ट्रिय झण्डा राखियो 

पर्यटकीय क्षेत्र पालुस्थानमा नेपालको राष्ट्रिय झण्डा राखियो 

  • PNN Times
  • शनिवार, कार्तिक ८ २०७७


  • पर्यटकीय क्षेत्र पालुस्थानमा नेपालको राष्ट्रिय झण्डा राखियो 

    मिलन भुसाल । 
    कार्तिक ८, पैयूँ । पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ३ बेउलिवास स्थित पर्यटकीय क्षेत्र पालुस्तथामा नेपालको झण्डा राखिएको छ । पालुस्थान युवाक्लबले शुक्रबार नेपालको चन्द्र र सुर्य अंकित झण्डा पर्यटकीय क्षेत्र पालुस्तथामा राखेको हो । 

    दक्षिण पर्वतको उत्कृष्ट पर्यटकीय क्षेत्रमा झण्डा राख्दै पैयूँ गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अथिती खगेन्द्र प्रसाद तिवारीले गाउँपालिकाको उत्कृष्ट पर्यटकीय एवं धार्मिक स्थान पालुस्थानलाई ओजेलमा पर्न नदिने बताउनु भयो । उहाँले झन्डउत्तोलन कार्यक्रममा लागेको सम्पुर्ण खर्च गाउँपालिकाले दिने, साथै सार्बनिक सौचालय, खानेपानीको व्यवस्थापन समेत गर्ने  प्रतिबधता जनाउनु भएको छ ।

    images

    122501768_1236302513420640_2492311682236692807_n.jpg

    कार्यक्रममा पैयूँ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिष्णु प्रसाद काफ्लेले पैयूँमा पर्यटन प्रर्वद्धनको लागि पालिकाले सोचे जस्ता कदल चाल्न नसकेको बताउनुभयो ।

    उहाँले सबै सरोकारवाला निकाय तातेर लाग्नुपर्ने अवस्था आएको बताउदै क्लबले गरेको राम्रो कामको प्रसंशा समेत गर्नु भयो । बेउलिबासको उच्च  भागमा अवस्थित  पर्यटकीय  एंव धार्मिक महत्वबोकेको   एतिहासिक पवित्र भुमि हो पालुस्थान । 

    शनिवार, कार्तिक ८ २०७७०९:३५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend