Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा जिल्ला स्तरीय तीजगीत प्रतियोगिता

वालिङमा जिल्ला स्तरीय तीजगीत प्रतियोगिता

  • गोपाल जिटी
  • शुक्रवार, भाद्र १४ २०८१


  • वालिङमा जिल्ला स्तरीय तीजगीत प्रतियोगिता

    भदौ —१५, वालिङ ।

    स्याङ्जाको वालिङमा जिल्ला स्तरीय तीजगीत प्रतियोगिता सम्पन्न गरिएको छ । वालिङ नगरपालिका ११ गव्देस्थित बाल शिक्षा निकेतन आधारभूत विद्यालयको आयोजनामा जिल्ला स्तरीय तीजगीत प्रतियोगिता बिहिबार गरिएको हो । “शैक्षिक गुणस्तर हाम्रो इच्छा सबैको रोजाई बाल शिक्षा” भन्ने नाराका साथ आयोजित प्रतियोगितामा १९ विद्यालयको सहभागिता रहेको थियो । 
    प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति भोजराज अर्यालले विद्यालयले तीजगीत प्रतियोगिताको आयोजना गरेर मौलिक संस्कृति जगेर्णामा टेवा पु¥याउन भूमिक खेलेको बताउनुभयो । हाम्रा संस्कार र संस्कृतिको संवद्र्धनको लागि यस्ता  प्रतियोगिताको आयोजना गर्नु निकै सराहनीय रहेको उहाँले व्यक्त गर्नुभयो । 
    साथै उहाँले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि प्रदेशको तर्फबाट सहयोगको पहल गर्ने भन्दै गण्डकी प्रदेश सांसद अर्यालले हाम्रा मौलिक परम्परा, चाडपर्व तथा धार्मिक उत्सावहरुले एकआपसमा पारस्पारिक भावनाको विकास गर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद कल्पना तिवारीले अबको तीज पर्व महिला शसक्तिकरणका लागि हुनुपर्ने भन्दै देखासिकी र तडकभडक रहित उत्सवको रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो । 
    कार्यक्रममा जिल्लाका विभिन्न स्थानका १९ विद्यालयको सहभागिता थियो । प्रतियोगितामा गल्कोट मावि गल्याङ— ११ जिमुहाँले प्रथम स्थान हासिल गरेको छ । यस्तै टापुभञ्ज्याङ मावि वालिङ— ११ द्वितीय, पूर्णामृत भवानी मावि वालिङ— १० फुलबारी तृतिय र वालिङ स्कोलर्स अंग्रेजी आवसीय विद्यालय वालिङ— १३ सान्तवना भएको छ ।
    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश ः ६ हजार, ४ हजार, ३ हजार ५ सय र २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन ।

    images

    शुक्रवार, भाद्र १४ २०८१०८:५७:५७

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend