Logo

शनिवार, कार्तिक १ गते २०८३

images

तीज स्वतन्त्रताको पर्व हो : पूर्व मन्त्री अर्याल

तीज स्वतन्त्रताको पर्व हो : पूर्व मन्त्री अर्याल

  • कला राना
  • बिहिवार, भाद्र २० २०८१


  • तीज स्वतन्त्रताको पर्व हो  : पूर्व मन्त्री अर्याल

    भदौ २०, स्याङ्जा । नेपाल सरकारका पूर्व मन्त्री पद्मा अर्यालले तीज स्वतन्त्रताको पर्व भएको बताउनुभएको छ । बुधबार अखिल नेपाल महिला संघ वालिङ नगरकमिटिको दोस्रो नगर सम्मेलन तथा तीज विशेष कार्यक्रमको उद्घाटन गर्दै पूर्व मन्त्री अर्यालले सत्य युगमा हिमालयकी पुत्री पार्वतीले आँफूले रोजेको स्वामी प्राप्त गरेको प्रशङ्ग जोड्दै महादेव पति पाउँ भनी ब्रत बसी आँफूले रोजेको पति प्राप्त गरेकाले तीज स्वतन्त्रताको पर्व भएको बताउनुभएको हो । 
    नेकपा एमाले केन्द्रीय कमिटि सचिवसमेत रहनुभएकी अर्यालले भन्नुभयो, “हिँजोको तीज मनाउने शैली फरक थियो, विकास थिएन् माईती जान नपाएको, पारिवारिक वेदना, पढ्न लेख्न नपाएको प्रशङ्गलाई गीतमार्फत उजागर गर्दै माईती, चेलिबेटि भेट्ने पर्वको रुपमा मनाईन्थ्यो ।”
    आजको विकसित समाज भएको र प्रविधिको विकास भएकाले महिलाहरु घरको चुलोचौकीबाट बाहिर निस्किएको अवस्था छ । अबको तीज सामाजिक प्रतिष्ठा पढाउँदै आफ्नो व्यक्तित्व विकास गर्ने पर्वको रुपमा मनाउनुपर्नेमा पूर्व मन्त्री तथा एमाले केन्द्रीय कमिटि सचिव अर्यालले जोड दिनुभयो । हिँजो आमा तथा दिदीहरुको समयमा मिलन चौतारीको रुपमा मनाएको तीज अब परिवर्तनको रुपमा मनाउनुपर्ने उहाँको भनाई छ ।
    अबको पुस्ताले तीज पर्व कसरी मनाउने भन्ने बहस चलिरहेको बेला पूर्व मन्त्री अर्यालले आर्थिक सामाजिक रुपमा कसरी शसक्त हुने भन्ने विषयमा पर्वहरु केन्द्रित हुनुपर्ने धारण राख्नुभयो । नहुँदा पनि मिठो खानैपर्ने नयाँ कपडा लगाउनैपर्ने भन्दा पनि हाम्रा पर्वहरु मौलिक तवरमा मनाउनुपर्नेमा उहाँको जोड थियो ।

    बिहिवार, भाद्र २० २०८१०९:४७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend