Logo

शनिवार, कार्तिक १ गते २०८३

images

माओवादी हिंसा कि सशस्त्र युद्ध ? विवाद समाधान नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

माओवादी हिंसा कि सशस्त्र युद्ध ? विवाद समाधान नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

  • PNN Times
  • आइतवार, भाद्र ३० २०८१


  • माओवादी हिंसा कि सशस्त्र युद्ध ? विवाद समाधान नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

    भदौ–३०,काठमाडौ ।
    नेकपा माओवादीको शसस्त्र युद्धलाई हिंसा भन्ने कि नभन्ने विषयमा विवाद हुँदा प्रतिनिधिसभाको आजको बैठक पनि बस्दै नबसी स्थगित भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने नेकपा माओवादी केन्द्रको अडानपछि आजको बैठक बस्दै नबसी स्थगित भएको छ ।
    आज दिउँसो बजेको लागि बोलाइएको बैठक सहमति खोज्न भन्दै सभामुख देवराज घिमिरेले दिउँसो २ बजे र सवा तीन बजेको लागि सार्नुभएको थियो । तर बैठक शुरु नै नभई भोलि दिउँसो १ बजेको लागि आह्वान भएको छ ।
    आजको संसद् बैठक खुलाउन बिहान सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएको थियो । तर माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म अवरोध नखोल्ने अडान राख्नुभएको थियो ।
    माओवादीको संसदीय दलको बैठकले नै माओवादी हिंसा भन्ने शब्द संसदको रेकर्डबाट नहटेसम्म बैठक चल्न नदिने निर्णय गरेको छ । आजै बिहान सभामुख घिमिरेलाई भेटेर हितराज पाण्डे, जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल, शक्ति बस्नेत लगायतका माओवादी नेताले एकपक्षीय नबन्न र प्रमुख प्रतिपक्षी दलको कुरा पनि सुन्न आग्रह गरेका छन् ।
    सभामुखले एमालेका सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द असंसदीय नरहेको निर्णय सुनाउनु एकपक्षीय भएको भन्दै माओवादीले असहमति जनाएको हो । एमालेका सचिव योगश भट्टराईले गएको भदौ १२ गतेको प्रतिनिधि सभामा बोल्दा माओवादीको सशस्त्र युद्धलाई हिँसा भनेपछि विवाद शुरु भएको थियो । 

    आइतवार, भाद्र ३० २०८१०६:१५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend