Logo

शनिवार, कार्तिक १ गते २०८३

images

विद्यालय एवम् शिक्षक सम्मान

विद्यालय एवम् शिक्षक सम्मान

  • PNN Times
  • बिहिवार, आश्विन ३ २०८१


  • विद्यालय एवम् शिक्षक सम्मान

    असोज ३, स्याङ्जा ।
    स्याङ्जामा बिभिन्न विद्यालय एवम् शिक्षकहरुलाई सम्मान गरिएको छ । नवौं संविधान तथा ४५ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा विभिन्न विद्यालय एवम् शिक्षकहरुलाई बुधबार सम्मान गरिएको हो । 
    सामुदायिक विध्यालय तर्फ सिद्वार्थ मावि फेदिखोला ४८.८४% अंकसहित प्रथम, जनता मावि कालिगण्डकी ४६. ३४% अंकसहित द्वितीय र जनज्योति मावि चापाकोट ४५.७६%अंकसहित तृतीय भएका छन् । त्यस्तै संस्थागत विद्यालय तर्फ नेपाल आदर्श मावि वालिङ ८५.४५% अंकसहित प्रथम, पिसजोन इन्टिग्रेटेड वालिङ ८३.१५% अंक सहित द्वितीय र सगरमाथा आवसीय मावि वालिङ ८०.७१% अंकसहित तृतीय भएका छन् ।
    विषयगत शिक्षक सामुदायिक तर्फ अंग्रेजी विषयका पूर्णामृत भवानी वालिङका दिपक लम्साल र नेत्र प्रसाद अर्याल, नेपाली विषयका प्रधुन्न पनेरू मावि आधिखोला  कृष्ण प्रसाद शर्मा, गणित विषयका     (जनकल्याण) मावि चापाकोटका दुर्गाप्रसाद चापागाई, विज्ञान विषयका जनता मावि अर्जुनचौपारीका दशरथ पौडेल, सामाजिक विषयका जनज्योति मावि चापाकोटका गुरूप्रसाद पंगेनी  सम्मानित भएका हुन् । त्यस्तै विषयगत शिक्षक संस्थागत तर्फ अंग्रेजीका पिसजोन मावि वालिङका यामप्रसाद डुम्रे, नेपाली विषयका नेपाल आदर्श  मावि वालिङका शिवलाल गौतम, गणितका नेपाल आदर्श माविकै पिताम्बर पौडेल र अमृत रेग्मी, विज्ञान विषयका नेपाल आदर्श मावि वालिङकै अर्जुन थापा र प्रकाश सुवेदी, सामाजिक विषयका सगरमाथा आवासीय मावि वालिङका ध्रुव तिवारी सम्मानित भएका छन् ।

    बिहिवार, आश्विन ३ २०८१०९:२७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend