Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बालमैत्री स्थानीय शासन घोषणाका लागि रामपुरमा बिभिन्न कार्यक्रम गर्दै  

बालमैत्री स्थानीय शासन घोषणाका लागि रामपुरमा बिभिन्न कार्यक्रम गर्दै  

  • PNN Times
  • शुक्रवार, आश्विन ४ २०८१


  • बालमैत्री स्थानीय शासन घोषणाका लागि रामपुरमा बिभिन्न कार्यक्रम गर्दै  

    असोज—४, पाल्पा ।
    पाल्पाको रामपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणाका लागि बिभिन्न कार्यक्रम गर्दै आएको छ । नगरपालिकालाई आगामी २०८३ साल मंसिर ५ गते बालमैत्री स्थानीयतह घोषणा गर्नका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको हो ।
    नगरपालिकाले वडातहलाई बालमैत्री शासन घोषणाका लागि बिभिन्न सूचक पूरा गर्न अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । यसैविच बालमैत्री स्थानीय शासन अवलम्बन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम बिहिबार सम्पन्न गरेको छ । नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि आवश्यक सुचक ,अपनाईने रणनीति र आवश्यक तयारी सम्बन्धी अभिमुखिकरण सम्पन्न गरिएको छ । बालमैत्री स्थानीय शासन घोषणाका ५१ वटा सुचक, घोषणाको कार्यविधि र कानुनी व्यवस्था ,घोषणाको प्रक्रिया ,नीति तथा योजना तर्जुमा र कार्यान्वयनको चरण लगाएतका विषयमा अभिमुखिकरण प्रदान गरिएको हो । 
    अभिमुखिकरण कार्यक्रममा बोल्दै नगर प्रमुख रमणबहादुर थापाले बालमैत्री स्थानीय शासन लागू गरे दिगो विकास सम्भव रहेको बताउनुभयो । भौतिक संरचना निर्माणले क्षणिक रुपमा विकासको अनुभूति दिलाए पनि  दिगो विकास सम्भव नभएको बताउँदै बालबालिकाको क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको नगर प्रमुख थापाले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – “भौतिक विकासले क्षणिक र सीमित मानिसलाई सुविधा हुन्छ तर भविष्यका बालबालिकामा लगानी गरे यसले दिगो विकास र सम्मुन्नत समाज निर्माण हुन्छ ।” 
    नगर प्रमुख थापाले बाल अधिकार महत्वपूर्ण विषय भएको भन्दै हरेक बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि अविभावक र सबै समुदायको उत्तिकै भूमिका रहने औंल्याउनुभयो ।  बाल अधिकारको सुनिश्चितता संँगै उज्ज्वल भविष्यका लागि सबै सुचक पूरा गरी नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले बालबालिकाको अधिकारका लागि सबै जिम्मेवार भएर लाग्न आग्रह गर्दै बालमैत्रि स्थानीय शासन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
    कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि सरकारी तथा गैर सरकारी कार्यालय, निजी तथा सामाजिक एवं सामुदायीक संस्था ,जनप्रतिनिधि,समुदाय सबै सरोकारवालाहरुले कार्यविधिको सही कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नगरपालिकाले नगर भित्रका बालबालिकाको स्थितिपत्र तयार गरेर लगानी बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । साथै बालबालिकामा लगानी संँगै अविभावकले घरमा गर्ने व्यवहारमा परिवर्तन गर्न उहाँेको आग्रह छ । 

    शुक्रवार, आश्विन ४ २०८१०६:१४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend