Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वत सदरमुकाम एक हप्तालाई निषेधाज्ञा

पर्वत सदरमुकाम एक हप्तालाई निषेधाज्ञा

  • PNN Times
  • शुक्रवार, कार्तिक १४ २०७७


  • पर्वत सदरमुकाम एक हप्तालाई निषेधाज्ञा

    कार्तिक १४, पर्वत ।  पर्वत सदरमुकाम कुस्मा बजारमा एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । सरकारी कार्यालय, वित्तीय संस्था र अत्यावश्यक बाहेक सबै पसल बन्द सहितको निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

    पर्वतमा लक्षण सहितका कोरोना संक्रमितको संख्या बढेको र मानिसको मृत्यु पनि भएको भन्दै निषेधाज्ञा जारी गरेको हो ।

    images

    शुक्रबार प्रशासकीय अधिकृत विमलप्रसाद गौतमले सूचना जारी गरी कुश्मा नगरपालिका कार्यालय र सदरमुकाम क्षेत्रका ४, ५, ६ र ७ नम्बर वडा कार्यालयबाट प्रदान गरिने सेवा, सदरमुकामका बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा र अत्यावश्यक बाहेकका पसल कात्तिक १४ गते राति १२ बजेदेखि कात्तिक २१ गते राति १२ बजेसम बन्द गर्ने निर्णय भएको जानकारी दिनुभएको छ । 

    शुक्रवार, कार्तिक १४ २०७७०६:५६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend