Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

आज बेलुकीदेखि मनसुन सक्रीय हुने

आज बेलुकीदेखि मनसुन सक्रीय हुने

  • PNN Times
  • सोमवार, आश्विन ७ २०८१


  • आज बेलुकीदेखि मनसुन सक्रीय हुने

    आज बेलुकीदेखि मनसुन सक्रीय हुने
    असोज ७,स्याङ्जा ।
    आज बेलुकीदेखि मनसुन सक्रीय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेश, मधेस  प्रदेश र बाग्मती प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
    ठूलो पानी पर्ने ठाउँमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
    यस्तै भोलि पनि कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र लुम्बिनी  प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
    आज पहाडी भेगका थोरै ठाउँहरूमा तथा बाँकी भूभागका एक, दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

     

    सोमवार, आश्विन ७ २०८१०८:३८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend