असोज १९, स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिन विभिन्न मुद्धामा फरार रहेका एक सय भन्दा धेरै जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
बुधबार जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले बिभिन्न मुद्धाका फरार रहेका १ सय ११ जना प्रतिवादीहरूलाई पक्राउ गरेको हो ।
अदालतहरूको फैसलालेकर्तव्य ज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा ,सम्बन्ध विच्छेद, कुटपिट, लुटपाटलगायतका बिभिन्नमुद्धाका फरार रहेका १ सय ११ जना प्रतिवादीहरूलाई पक्राउ गरेको स्याङ्जाका प्रहरी प्रमुख एसपी होमिन्द्र बोगटीले जानकारी दिनुभयो । प्रकाउ पर्ने मध्ये १४ जना महिला र ९७ जना पुरुष रहेका छन ।
प्रकाउ प्रतिवादीहरुलाई जिल्ला अदालत स्याङ्जामा उपस्थित गराएको छ। फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत विगतका दिनहरुमा विभिन्न मुद्धाहरुका फरार प्रतिवादीहरू पक्राउ गरी स्याङ्जा जिल्लाअदालतमा पेश गरि सकेको पनि स्याङ्जाका एसपी बोगटीले जानकारी दिनुभयो ।
यस अघि पनि स्याङ्जा प्रहरीले एकै दिन ४८ जना फरार प्रतिवादी प्रकाउ गरेको थियो ।