Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्व. टिकाराम पौडेलको ८औँ दिनको पुण्यतीथिमा श्रद्धान्जली सभा

स्व. टिकाराम पौडेलको ८औँ दिनको पुण्यतीथिमा श्रद्धान्जली सभा

  • कला राना
  • शनिवार, आश्विन १२ २०८१


  • स्व. टिकाराम पौडेलको ८औँ दिनको पुण्यतीथिमा श्रद्धान्जली सभा

    असोज १२, वालिङ ।
    स्व. टिकाराम पौडेलको ८औँ दिनको पुण्यतीथिमा शनिबार श्रद्धाञ्जलीसभा गरिएको छ । अर्जुनचौपारी गाउँपालिका वडा नम्वर ३ रापाकोटमा श्रद्धान्जली सभा गरिएको हो । नेपाल सरकारका पूर्व मन्त्री तथा नेकपा एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्यालका ससुराबुवा स्व. पौडेलको ८औँ दिनको पुण्य तीथिमा शनिबार नेकपा एमाले वालिङ नगर कमिटिले श्रद्धान्जली सभा गरेको हो । 
    सभामा नेकपा एमाले नगरकमिटि अध्यक्ष शोभाकान्त पौडेलले स्व. पौडेल नेपाल कम्युनिष्ट पार्टीको अभिभावक भएको भन्दै उहाँको निधनले सिंगो नगरकमिटि तथा पार्टीलाई क्षति पु¥याएको बताउनुभयो । कार्यक्रममा पार्टीका जनवर्गीय संगठनहरुको पनि सहभागिता रहेको थियो । 
    स्व. पौडेलको ८५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।  स्व. पौडेलका श्रीमती, ३ छोरा र दुई छोरी रहनुभएको छ । स्वर्गीय पौडेल विगत ८ वर्षदेखि मुटु रोगको विरामी हुनुहुन्थ्यो ।Pp.jpg

     

    images

    शनिवार, आश्विन १२ २०८१०६:१४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend