Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

तीन दिन विद्यालय बन्द गर्न पालिकाहरुलाई शिक्षा मन्त्रालयको अनुरोध

तीन दिन विद्यालय बन्द गर्न पालिकाहरुलाई शिक्षा मन्त्रालयको अनुरोध

  • PNN Times
  • आइतवार, आश्विन १३ २०८१


  • तीन दिन विद्यालय बन्द गर्न पालिकाहरुलाई शिक्षा मन्त्रालयको अनुरोध

    असोज– १३,काठमाडौ ।
    सरकारले आजदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिन पालिकाहरुलाई आग्रह गरेको छ । हिजो कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको विपदसम्बन्धी आकश्मिक बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकालेर तीन दिन विद्यालय बिदा गर्न पालिकाहरुलाई अनुरोध गरहेको हो ।
    मन्त्रालयले वर्षाजन्य प्रकोपका कारण विद्यालय भवनमा क्षति भएको, विद्यार्थी तथा अभिभावक बाढी पहिरोको चपेटामा परेको र यातायात सेवा पनि अवरुद्ध भएका भन्दै विद्यालय बिदा दिन भनेको छ ।
    कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा हिजो बसेको विपदसम्बन्धी आकश्मिक बैठकले विश्वविद्यालयलगायत सबै शैक्षिक संस्थाको परीक्षा स्थागित गरी परिवेश अनुमान गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय पनि गरेको थियो ।
    No.jpg

    आइतवार, आश्विन १३ २०८१०८:०३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend