Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

तत्काललाई ठूलो पानी नपर्ने, हल्का वर्षाको सम्भावना भने कायमै

तत्काललाई ठूलो पानी नपर्ने, हल्का वर्षाको सम्भावना भने कायमै

  • PNN Times
  • सोमवार, आश्विन १४ २०८१


  • तत्काललाई ठूलो पानी नपर्ने, हल्का वर्षाको सम्भावना भने कायमै

    असोज– १४,काठमाडौ ।
    तत्कालका लागि ठूलो वर्षा नहुने, तर हल्का वर्षाको सम्भावना भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर मनसुनी वायु तथा भारतको उत्तर प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।
    मौसममा सुधार हुँदै गए पनि पर्सि बुधवारसम्म देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार विपद् निम्ताउने किसिमको ठूलो वर्षाको सम्भावना भने तत्काललाई छैन । आज पनि हिजो जस्तै देशभर सामान्य बदली हुनेछ ।
    पहाडी भू–भागका थोरै ठाउँमा तथा बाँकी भू–भागका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति कोशी र गण्डकी प्रदेशका थोरै ठाउँ र बागमती प्रदेशका एक÷दुई ठाउँमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    सोमवार, आश्विन १४ २०८१०७:३७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend