Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कहाँ कहाँ पहिरो जान्छ भन्ने सरकारलाई थाहा थिएन, सक्दो काम गरेको छ ः ओली

कहाँ कहाँ पहिरो जान्छ भन्ने सरकारलाई थाहा थिएन, सक्दो काम गरेको छ ः ओली

  • PNN Times
  • सोमवार, आश्विन १४ २०८१


  • कहाँ कहाँ पहिरो जान्छ भन्ने सरकारलाई थाहा थिएन, सक्दो काम गरेको छ ः ओली

    असोज– १४,काठमाडौ ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढी पहिरोका घटनापछि उद्धार र राहतको कामलाई सक्दो तीव्रता दिएको बताउनुभएको छ ।
    अमेरिकाबाट फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले सरकारले उद्धार र राहतमा राम्रो काम गरेको  बताउनुभयो । ‘म त बल्ल आज फर्किँदैछु, मैले पाएको जानकारीअनुसार सरकारले क्षमताअनुसारको उद्धार र राहतका कार्यक्रम गरिरहेको छ । विरोधका लागि विरोध गर्नुको औचित्य छैन ।’
    मौसम विज्ञान विभागले एक हप्ताअघि अति ठूलो वर्षको नै पूर्वसूचना दिएको र तीन दिनअघि ’रेड अलर्ट’ जारी गरेको अवस्थामा पनि सरकारले पूर्वतयारी किन गर्न सकेन त ? भन्ने पत्रकारको प्रश्नमा ओलीले भन्नुभयो, ‘कहाँ कहाँ पहिरो जान्छ भनेर सरकारलाई थाहा थिएन, थाहा हुने कुरा पनि होइन, काठमाण्डौमा यति धेरै डुबान हुन्छ भन्ने पनि आँकलन भएन । हामी कसैले नसोचेको घटना भएको छ । विपद्पछि भने सरकारले सक्दो काम गरिरहेको छ ।’

    सोमवार, आश्विन १४ २०८१०५:५५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend