Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामपुरका बजार क्षेत्रका पसल अनुगमन, म्याद गुज्रेका सामान नष्ट गरियो

रामपुरका बजार क्षेत्रका पसल अनुगमन, म्याद गुज्रेका सामान नष्ट गरियो

  • PNN Times
  • मंगलवार, आश्विन १५ २०८१


  • रामपुरका बजार क्षेत्रका पसल अनुगमन, म्याद गुज्रेका सामान नष्ट गरियो

    असोज १५,पाल्पा ।
    पाल्पाको रामपुरमा बजार अनुगमन गरिएको छ । रामपुर नगरपालिका भित्रका मुख्य बजार क्षेत्रको अनुगमन गरिएको हो । चाडपर्वको समयमा अखाद्यवस्तुको मिसावट, म्याद नाघेका सामग्री बिक्री वितरण हुन सक्ने भन्दै अनुगमन गरिएको हो । रामपुर नगरपालिकाका उप प्रमुख बालकुमारी थापाको संयाजकत्वमा  उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवालगायत सरोकारवाला संघ संस्था एवम् सञ्चारकर्मीको टोलीले अनुगमन गरेको हो ।
    रामपुर नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय पाल्पा, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पा, ईलाका प्रशासन कार्यालय रामपुर, ईलाका प्रहरी कार्यालय रामपुर, रामपुर उद्योग वाणिज्य संघ र पत्रकार सहितको संयुक्त टोलीले अनुगमन गरेको छ । टोलीले रामपुरका रजघरा,े सदावर्त, बेझाँड, मटेरी, विजयपुर र किसानबारीका बजार अनुगमन गरिएको छ । मासु पसल, डेरी उद्योग, माछा पसल, किराना तथा खाद्यान्न पसल, मिठाई पसल लगाएतका ५८ वटा पसलको अनुगमन गरेको हो । टोलीले अनुगमनको क्रममा फेला परेका ६७ हजार ३ सय ७२ रुपैयाँ बराबरको म्याद गुज्रिएका सामान जफतगरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो । टोलीले खाद्यवस्तुको म्याद, भए नभएको, होटल तथा मिठाई पसलमा प्रयोग गर्ने तेलको गुणस्तर मापन, खाद्यवस्तुमा रंग प्रयोगको अवस्था, मासु पसल तथा दुग्ध उद्योगको सरसफाईको अवस्था, नापतौल उपकरण ठिक भए नभएको, व्यवसायदर्ता, अन्तशुल्क तिरे नतिरेको अनुगमन गरेको थियो । अनुगमनका क्रममा मूल्य सूची नराखेको, व्यवसाय दर्ता, नवीकरण तथा सूचीकृत नगरेको, म्याद नाघेको पेन्ट, खाद्यवस्तु, पेयपदार्थ, मिठाईको पसलमा प्रयोग गर्न राखिएको रङ्गलगाएतका अखाद्य वस्तु, सुर्तीजन्य सामाग्री जफत गरेको रामपुर नगरपालिका योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिनुभयो । A1.jpeg
    खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठले केही किराना पसलमा मासको कालो दालमा रङ्ग मिसावट भएको पाईएकाले विक्री वितरणमा रोक लगाएको जानकारी दिनुभयो । यसैगरी उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाका निमित्त निर्देशक इश्वरचन्द्र अर्यालले उपभोक्ता हितका लागि निर्देशनालयले निरन्तर रुपमा बजार अनुगमन गर्दै आएको र चाडपर्वलाई लक्षित अनुगमनको कार्यलाई तिव्रता दिएको बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले खाद्य वस्तु खरिद विक्री गर्दा व्यवसायी र ग्राहक दुबैले म्याद भए नभएको, मिसावट भए नभएको एकिन गरेर मात्रै खरिद विक्री गर्नु पर्ने बताउनुभयो । अनुगमन टोलीका संयोजक एवम् रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले स्वच्छ र स्वास्थ्यकर सामान उपभोग गर्न पाउनु उपभोक्ताको अधिकारलाई सुनिश्चितताका लागि अनुगमनलाई थप प्रभावकारी बनाउने बताउनुभयो । पर्वहरुमा मात्र नभई अन्य समयमा पनि नियमित अनुगमनगरी मापदण्ड अनुसार व्यवसाय सञ्चालन गर्न प्रोत्साहन गरिने थापाले बताउनुभयो ।

    मंगलवार, आश्विन १५ २०८१०६:०७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend