स्याङ्जा । स्याङ्जामा घनले हानेर एक जनाको मृत्यु भएको छ । स्याङ्जाको हरिनाश गाउँपालिका वडा नम्बर ४ बाङ्गेश्वरामा घनले हानेर ५८ वर्षिय प्रेम बहादुर कामीको मृत्यु भएको हो ।
घरमा आरनमा फलामको काम गरीरहेको अवस्थामा घनले टाउकोमा प्रहार भई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
घरमा काम गरिरहेको अवस्थामा घन प्रहार गरेको आरोपमा सोही वडाको ३२ वर्षीय सुरेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।