Logo

आइतवार, कार्तिक २ गते २०८३

images

पैयुँका किसानहरुले कोदो उत्पादनमा अनुदान पाउने

पैयुँका किसानहरुले कोदो उत्पादनमा अनुदान पाउने

  • गोपाल जिटी
  • बुधवार, आश्विन १६ २०८१


  • पैयुँका किसानहरुले कोदो उत्पादनमा अनुदान पाउने

    असोज १६, वालिङ ।
    पर्वतको पैयुँ गाउँपालिकाका किसानहरुले कोदो उत्पादनमा अनुदान पाउने भएका छन् । गाउँ कार्यपालिकाले किसानहरुलाई “कोदो उत्पादन प्रोत्साहन अनुदान” कार्यक्रम अन्तर्गत अनुदान दिने सम्बन्धी आज एक सूचना जारी गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत “कोदो उत्पादन प्रोत्साहन अनुदान” कार्यक्रम अनुसार किसानहरुलाई अनुदानमा सहभागी गराइने भएको हो ।
    आजका मितिले ७ दिनभित्र आवेदन दिनका लागि गाउँ कार्यपालिकाले एक सूचना मार्फत किसानहरुलाई जानकारी गराएको हो । “कोदो उत्पादन प्रोत्साहन अनुदान” कार्यक्रममा इच्छुक कृषक÷कृषि फर्म÷कृषक समूह÷कृषि सहकारीले सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित निवेदन दिन सूचनामा भनिएको छ ।
    निवेदन र स्वघोषणा पत्रको ढाँचा सम्बन्धित वडा कार्यालयमा उपलव्ध हुने पनि पत्रद्वारा जानकारी गराइएको छ ।P.jfif

    बुधवार, आश्विन १६ २०८१०८:४५:५१

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend