Logo

आइतवार, कार्तिक २ गते २०८३

images

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा शुभकामना आदान प्रदान एवम् मिलन समारोह

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा शुभकामना आदान प्रदान एवम् मिलन समारोह

  • गोपाल जिटी
  • बिहिवार, आश्विन २४ २०८१


  • ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा शुभकामना आदान प्रदान एवम् मिलन समारोह

    असोज २४, स्याङ्जा ।
    स्याङ्जाको वालिङमा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले शुभकामना आदान प्रदान एवम् मिलन समारोह गरेको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले वालिङ १० स्थित आश्रममा आज विहानी समयमा विजया दशमी २०८१ का अवसरमा शुभकामना आदान प्रदान एवम् मिलन कार्यक्रम आयोजना गरेको हो । 
    कार्यक्रममा गण्डकी प्रदेश अर्थ तथा सामाजिक विकास समितिका सभापति एवम् प्रदेश सांसद भोजराज अर्यालले आध्यात्मिक चेतना हामी सबैका लागि अति आवस्यक रहेको बताउनुभयो । गण्डकी प्रदेश अर्थ तथा सामाजिक विकास समितिका सभापति अर्यालले आध्यात्मिक चेतनाले हामीलाई अनुशासित र मर्यादित बनाउनुका साथै मानवीय व्यवहारको विकास गर्ने बताउनुभयो । आँफूले पनि यो आश्रमबाट केही सिक्ने अवसर मिलेको उल्लेख गर्दै उहाँले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले धेरै मानिसहरुलाई आध्यात्मिक शिक्षा दिने काममा भूमिका खेलेको व्यक्त गर्नुभयो । उहाँले यो पवित्र संस्थाका लागि आँफ्नो तर्फबाट सधैं साथ र सहयोग रहने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
    कार्यक्रममा वालिङ नगर क्षेत्रका जन प्रतिनिधि, समाजसेवी, बिभिन्न संघ संस्थामा आवद्ध व्यक्ति, विद्यार्थी, सञ्चारकर्मीलगाएतको उपस्थिति रहेको थियो ।Bhoj1.jpgBra.jpg

    बिहिवार, आश्विन २४ २०८१०१:२३:२६

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend