Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अक्षय कुमारको नयाँ चलचित्र ‘रक्षाबन्धन’ !!

अक्षय कुमारको नयाँ चलचित्र ‘रक्षाबन्धन’ !!

  • PNN Times
  • बुधवार, श्रावण २१ २०७७


  • अक्षय कुमारको नयाँ चलचित्र ‘रक्षाबन्धन’ !!

    भारतीय अभिनेता अक्षय कुमारले आफ्नो नयाँ चलचित्रको घोषणा गरेका छन् । आइतबार रक्षाबन्धनको अवसरमा उनले ट्विटरमार्फत् नयाँ चलचित्र ‘रक्षाबन्धन’ को जानकारी दिएका हुन् ।

    आफ्नो जीवनकालमै सबैभन्दा छिटो हस्ताक्षर गरेको चलचित्र भएको कुमारले ट्वीटरमा लेखेका छन् । उनले ट्विटरमा चलचित्रको पोष्टरसँगै लेखेका छन्, ‘यस्तो कला जसले तपाईंको मनलाई गहिराइमा छुन्छ र यो मेरो करिअरकै सबैभन्दा चाडो हस्ताक्षर गरेको सिनेमा हो ।’

    images

    यो चलचित्रलाई ‘राञ्झना’ तथा ‘जिरो’ लगायतका हिन्दी सिनेमा बनाइसकेका भारतीय निर्देशक आनन्द एल राजले निर्देशन गरेका छन् भने हिमांशु शर्माले लेखेका छन् । चलचित्रमा अक्षय कुमारसँगै सारा अलि खान तथा धनुष लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

    चलचित्र आगामी सन् २०२१को नोमेम्बर ५ मा रिलिज गरिने घोषणा गरिएको छ ।

     

    बुधवार, श्रावण २१ २०७७०३:४१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend