असोज ३०, वालिङ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी, अदुवा र पर्यटन प्रवद्र्दनका लागि केवलकारजस्ता परियोजनाहरुमा सहकार्य गर्ने बताउनुभएको छ । वालिङ उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आँफू सानो हुँदा स्याङ्जा आएको समयको स्मरण गर्दै भन्नुभयो, “स्याङ्जामा मैले पहिलो पटक बस देख्दा अचम्म भएको थिएँ । ठुला बस देख्दा बुवाआमा र साना ट्याक्सी देख्दा बच्चा जस्तो लाग्यो म त्यो ब्याग्राउण्डबाट आएको मान्छे हुँ । साना व्यवसायीको पनि समस्या बुझेको छु ।”
अध्यक्ष ढकालले यतिबेला बैकमा निक्षेप पर्याप्त रहेको र व्याजदर निकै घटेको भन्दै यस्तो बेला नेपालमा नै लगानीको अबसर छ भन्ने सन्देश प्रबाह गर्नेमा जोड दिनुभयो ।
उहाँले यो डेढ बर्षको अबधिमा लगानी प्रबद्र्धनका लागि देश भित्र र बाहिर आँफूहरुले निरन्तर अभियान संञ्चालन गरेको जानकारी गराउनुभयो । आफुहरुकै पहलममा सरकारले लगानी मैत्री बातावरण बनाउन ८ वटा कानून शंशोधन गरेकोसमेत अध्यक्ष ढकालले उल्लेख गर्नुभयो । निजी क्षेत्रले उठाउदै आएको मर्यादाक्रमको विषय, कर सम्बन्धी समस्या लगायतका विषयमा आँफूहरु निरन्तर लागिरहेको उहाँको भनाई छ ।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले वालिङका संभावावित क्षेत्र कालीगण्डकी करिडोर, केबलकारजस्ता परियोजनाहरुमा सहयोग र सहकार्य गर्न आग्रह गर्दै यहाँका वस्तुस्थितिका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा चापाकोट, वालिङ, भीरकोटका व्यापारी व्यवासयीहरुको सहभागिता रहेको थियो ।