Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

स्याङ्जामा १४ वर्षीय बालिका माथि जबरजस्ती करणीको आरोपमा २८ वर्षीय पुरुष पक्राउ

स्याङ्जामा १४ वर्षीय बालिका माथि जबरजस्ती करणीको आरोपमा २८ वर्षीय पुरुष पक्राउ

  • PNN Times
  • बिहिवार, कार्तिक ८ २०८१


  • कात्तिक ८, स्याङ्जा

    स्याङ्जामा जबरजस्ती करणीको आरोपमा एक जनालाई प्रहरीले प्रकाउ गरेको छ  ।

    images

    अर्जुनचौपारी गाउँपालिका वडा नं. २ मा एक १४ वर्षीय बालिका माथि  जबरजस्ती करणीको आरोपमा २८ वर्षीय सुर्य परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

    गत बैशाख महिनाको राती ९ बजे बालिकालाई डर त्रास देखाएर परियारले बलात्कार गरेको आरोप लागेको छ।

    प्रहरीले उजुरीको आधारमा हिजाे ७ गते परियारलाई पक्राउ गरेको हो। उक्त घटनाको सम्बन्धमा स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    यो घटना सम्बन्धी थप विवरणहरू आउन बाँकी रहेको छ।

    बिहिवार, कार्तिक ८ २०८१०७:२६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend