कार्तिक २३, पैयूँ । पर्वतको पैँयु गाउँपालिकले दुईजनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गरेको छ । गाउँपालिकाको आईतबार बसेको बैठकले अर्को सुचना जारी नहुदा सम्मको लागि गाउँपालिकाको कार्यालय अन्तरगतका कार्यालयहरु, सबै वित्तीय संस्था बन्द हुने विज्ञप्तीमा जारी गर्दै जानकारी दिएको छ ।
गत हप्ता श्वाव संकलन गरी कोरोना परीक्षण गरेका ३८ जना मध्ये २ जनामा संक्रमण पुष्टि भएपछि समुदायमा संक्रमण नफैलियोस् भन्ने उद्धेश्यले गाउँपािलकाले उक्त निर्णय गरेको पैयूँ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पूण्य न्यौपानेले जानकारी दिनु भयो ।
दुई जनामा कोरोना भाईरस संक्रमण देखिए पछि कन्ट्याक्ट ट्रेसिङमा परेका र जाखिम क्षेत्रमा रहेका ५५ जनाको आईतबार श्वाव संकलन गरेको छ । जस मध्ये २१ जना महिला र ३४ जना पुरुष रहेको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले जानकारी दिनु भयो ।

गाउँपालिका भित्रका बजार खुल्ला रहेता पनि स्वास्थ्य मापदण्ड अपनाएर ग्राहकलाई सामान बिक्री वितरण गर्न लगाएको पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेलले जानकारी दिनु भयो । साथै उहाँले सबै सचेत रहन तथा नआत्तिन समेत आग्रह गर्नु भएको छ ।
गाउँपालिकाले तिहारमा देउसी भैलो खेल्न र भोजभतेर नगर्न समेत अपिल गरेको छ ।