Logo

आइतवार, कार्तिक २ गते २०८३

images

बालशिक्षा निकेतनद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन

बालशिक्षा निकेतनद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन

  • गोपाल जिटी
  • शुक्रवार, कार्तिक १६ २०८१


  • बालशिक्षा निकेतनद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन

    कात्तिक १६, वालिङ ।
    स्याङ्जाको वालिङ ११ गव्देमा रहेको बालशिक्षा निकेतन आधारभूत विद्यालयले जनचेतनमूलक सडक नाटक प्रदर्शन गरेको छ । विद्यालयले आज कागती भञ्ज्याङमा लागु पदार्थ सेवनले पार्ने असर सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो । 
    कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेश अर्थ समितिका सभापति भोजराज अर्यालले लागु लागु पदार्थ सेवन जस्तो दुव्र्यशन सम्बन्धी सचेतनामूलक नाटक प्रदर्शनले समाज सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सामाजिक र शैक्षिक क्षेत्रमा लागु पदार्थको नकारात्मक प्रभावलाई सजिवरुपमा नाटक प्रस्तुति गरिनु सराहनीय रहेको गण्डकी प्रदेश अर्थ समितिका सभापति अर्यालले बताउनुभयो । 
    समाजमा विकरालरुपमा फैलिरहेको लागु लागु पदार्थ सम्बन्धी विकृति न्युनिकरणमा सहयोगी हुने उहाँको भनाई छ । एक फरक प्रशङ्ग जोड्दै अर्थ समितिका सभापति अर्यालले वडा नम्वर ११ को पेखु क्षेत्रको आधारभूत आवश्यकताका बारेमा आँफू जानकार रहेको उल्लेख गर्नुभयो । यहाँको मुख्य समस्या खानेपानी हो, केही प्रयासहरु भए पनि अझ व्यवस्थित हुन बाँकी छ । यसका लागि सकेसम्म यो आर्थिक वर्षमा नै सम्वोधन गर्न आँफू प्रतिवद्ध रहेको उहाले व्यक्त गर्नुभयो । Voo.jpg
    सडक नाटकमा लागु पदार्थ सेवनले धन सम्पत्तिको नास हुनुकासाथै बिभिन्न रोगको शिकार बन्ने र इज्जतको पनि नहुने विषयलाई समेएिका थिए । विशेषगरी समाजमा व्याप्त दुव्र्यशनलसँगै विकृतिकारुपमा रहेको लागु पदार्थ सेवन जस्तो नकारात्मक प्रभावलाई समाजबाट हटाउनुपर्नेमा नाटकले जोड दिएको थियो ।

    शुक्रवार, कार्तिक १६ २०८१०६:१५:१६

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend