Logo

आइतवार, कार्तिक २ गते २०८३

images

वालिङ नगरपालिकामा आज शोक विदा

वालिङ नगरपालिकामा आज शोक विदा

  • गोपाल जिटी
  • बुधवार, कार्तिक २१ २०८१


  • वालिङ नगरपालिकामा आज शोक विदा

    कात्तिक २१, वालिङ ।
    स्याङ्जाको वालिङ नगरपालिकालेव आज शोक विदा गर्ने भएको छ । नगरपालिकाले हिजो साँझ एक सूचना निकालेर आज २१ गते शोक विदा गर्ने जनाएको हो ।
    ११ नम्वर वडा सदस्य एवम् नगरसभा सदस्य ताराप्रसाद पराजुलीको हिजो मङ्गलबार असामयिक निधन भएकाले नगरपालिकाले आज शोक विदा गर्ने भएको हो ।
    वालिङ नगरपालिका वडा नम्वर ११ का सदस्य एवम् नगरसभा सदस्य श्री ताराप्रसाद पराजुलीको यहि मिति २०८१ कात्तिक २० गतेका दिन भएको असामयिक निधनले स्तव्ध बनाएको छ । शोकको यस घडीमा मृतकको आत्माको चीरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्तहोस् भन्दै हार्दिक समवेदन प्रकट गर्दछौं, सूचनामा भनिएको छ । वडा सदस्यकोरुपमा वहाँले गर्नुभएको सेवाको उच्च मूल्याङ्कन गर्दै आज २१ गतेका दिन विहान १० बजे नगरपालिका र वडा कार्यालयहरुमा शोकसभा गरी वालिङ नगरपालिका र अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरुमा आज एक दिन शोक विदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ, सूचनामा उल्लेख गरिएको छ ।Wlll.jpg

    बुधवार, कार्तिक २१ २०८१०९:१६:३३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend