Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा संघ,प्रदेश र स्थानिय तहको संयुक्त बजार अनुगमन

वालिङमा संघ,प्रदेश र स्थानिय तहको संयुक्त बजार अनुगमन

  • PNN Times
  • आइतवार, कार्तिक २३ २०७७


  • वालिङमा संघ,प्रदेश र स्थानिय तहको संयुक्त बजार अनुगमन

    कार्तिक २३, वालिङ ।  स्याङ्जाको  वालिङमा बजार अनुगमन गरिएको छ । संघ, प्रदेश, स्थानिय तह, उपभोक्ता हित संरक्षण मञ्च, उद्योग बाणिज्यसंघ, प्रहरी र पत्रकार सहितको संयुक्त टोलिले वालिङ्मा बजार अनुगमन गरेको हो ।  
    वालिङ बजारमा रहेका खाद्य पसल, मासु पसल, औषधी पसल, फेन्सी पसल लगायत निर्माण सामाग्रीहरुको अनुगमन गरिएको छ ।
    बजार अनुगमनका क्रममा नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले नगरपालिकाले नियमित रुपमा बजार अनुगमन गरिहेको बताउनु भयो । उहाँले कुनै पनि समय उपभोक्ताहरुलाई ठगिन नदिन बजार अनुगमन गरेको र उपभोक्ताप आफै पनि सचेत रहन पर्ने बताउनु भयो । साथै उप प्रमुख तिवारीले नगरपालिकाले उपभोक्ता सचेतनाको लागि तत्कालै पप्लेट, व्यानर नै बनाएर विभिन्न ठाउँठाउँमा राख्ने बताउनु भयो । 

    WhatsApp Image 2020-11-08 at 12.57.00 (1).jpeg

    images

    उपभोक्ता हित संरक्षण मञ्च नेपालले वालिङ नगरपालिकामा अहिले सात दिन सम्म बजार व्यवस्थापन तथा अनुगमन सम्बन्धि सहजीकरण गरीरहेको छ ।  सोही अवसरमा बजार अनुगमनको लागि नगरपालिकालाई सहज होस भनेर बजार अनुगमन वार्षिक कार्यतालिका समेत बनाएरको उपभोक्त हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष सुर्यबहादुर थापाले बताउनु भयो । उहाँले मञ्चले वालिङ नगरपालिकामा बजार व्यवस्थापन तथा अनुगमन ऐन एवं नियमावलि समेत बनाउन सहजिकरण गरेको जानकारी गराउनु भयो ।

    अनुगमनका क्रममा पसल नविकरण, दर्ता प्रक्रिया, सरसफाई कमी कमजोरीलाई सुधार गर्न व्यपारीहरुलाई अनुरोध गरिएको छ ।

     

    WhatsApp Image 2020-11-08 at 12.56.56.jpeg
      

    आइतवार, कार्तिक २३ २०७७०८:१८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend