कार्तिक २५, पैयूँ । पर्वतको पैँयू गाउँपालिकमा थप १० जना कोरोना भाईरस संक्रमित थपिएका छन । आईतबार ५५ जनाको श्वानसंकलन गरिएका मध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
१० जना मध्ये ४ जना महिला र ६ जना पुरूष रहेको पैयूँगाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुण्य न्यौपानेले जानकारी दिनुभयो ।
संक्रमित सबैलाई आईसोलेसनमा व्यवस्थापन गर्ने काम भईरहेको न्यौपानेले बताउनु भयो । अन्यको रिपोर्ट आउन बाकी रहेको रसबैलाई सचेत रहन गाउँपालिकाले आग्रह गरेको छ ।