Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई घिसिङको पत्र

बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई घिसिङको पत्र

  • PNN Times
  • बुधवार, मंसिर १२ २०८१


  • नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार राष्ट्र बैंकलाई बक्यौता नतिर्ने उद्योगको खाता रोक्का गर्न पत्राचार गरेका हुन् ।

    घिसिङले नेपाल सरकारको कार्तिक २५ को निर्णय र विद्युत् नियमन आयोगको मंसिर ११ गतेको निर्देशनअनुसार राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका हुन् ।  आयोगले उद्योगको लाइन काट्नबाहेक अन्य दबाबमूलक कारबाही गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो । 

    images

    बुधवार, मंसिर १२ २०८१०७:२३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend