Logo

आइतवार, कार्तिक २ गते २०८३

images

सकारात्मक सोँचको कमीका कारण वितृष्णा पैदा भई रहेको—लुम्विनी प्रदेश सांसद श्रेष्ठ

सकारात्मक सोँचको कमीका कारण वितृष्णा पैदा भई रहेको—लुम्विनी प्रदेश सांसद श्रेष्ठ

  • PNN Times
  • सोमवार, मंसिर १७ २०८१


  • सकारात्मक सोँचको कमीका कारण वितृष्णा पैदा भई रहेको—लुम्विनी प्रदेश सांसद श्रेष्ठ

    मङ्सिर १७, पाल्पा ।
    सकारात्मक सोँचको कमीका कारण वितृष्णा पैदा भई रहेको लुम्विनी प्रदेश सांसद राजु प्रसाद श्रेष्ठले बताउनु भएको छ । ,सकारात्मक सोँच र स्वस्थ जीवनका लागि जीवन र जगत सम्बन्धी २ दिने मेडिटेशन मोटिभेशन कार्यक्रमको आइतबार समापन समारोहमा सम्वोधन गर्दै लुम्बिनी प्रदेशका अर्थ उद्योग तथा पर्यटन विकास समितिका संयोजकसमेत रहनु भएका सांसद श्रेष्ठले मानसिक समस्या र सकारात्मक सोँचको कमीका कारण हरेक क्षेत्रमा वितृष्णा पैदा भई रहेको बताउनु भएको हो । यसका लागि आध्यात्मिक ज्ञान महत्वपूर्ण रहन्छ, त्यसैले नेपालको परिवेशमा आध्यात्मिक ज्ञानसहितका यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने उहाँले औंल्याउनुभयो ।
    उहाँले मानसिक समस्याको उपचार विधि नै ध्यान र धैर्यता भएको बताउनुभयो । २ दिनको अवधिमा जीवन परिवर्तनका लागि सिकेका कुरालाई व्यवहारमा उतार्न सके त्यसले स्वतः परिणाम दिने भन्दै जीवन र समाज सुधार संगै परिवर्तनका लागि आफैबाट शुरुवात गर्न सांसद श्रेष्ठले आग्रह गर्नुभयो ।
    कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले साधनाको माध्यमबाट मानिसको जीवन पद्धतिलाई परिवर्तन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले सकारात्मक उर्जा प्राप्तिका लागि आध्यात्मिक ज्ञानको आवश्यकता रहेको बताउनुभयो । अध्यात्मको माध्यमबाट स्वयम् आफैलाई सुधार्न सके शान्त र समुन्नत समाज निर्माण हुन्छ । अरुलाई दोष दिएर समाजमा विकृति विसंगति पैmलिएको र यसबाट सबै व्यक्ति सुध्रिनु पर्नेमा नगर प्रमुख थापाले जोड दिनुभयो । साथै उहाँले २ दिनको अवधिमा सिकेका कुरालाई दैनिक जीवनमा प्रयोग गर्दै सकारात्मक सोँचकासाथ अगाडि बढ्न र आँफूले जानेका ज्ञानलाई बाँड्न अनुरोध गर्नुभयो ।
    यसैगरी नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले अहिले समाजमा वितृष्णा संँगै विकृति विसंगती बढेको भन्दै यसको निराकरणका लागि आध्यात्मिक ज्ञानको आवश्यकता रहेको व्यक्त गर्नुभयो । उहाँले आध्यात्मिक ज्ञानले मानिसको विचार संगै जीवन परिवर्तन गर्ने बताउनुभयो ।
    कार्यक्रममा आचार्य श्री महेन्द्र बशिष्टले जीवन र जगतको बारेमा, आचार्य विवेकले बुद्ध एवम् बुद्धत्व र सुनिता पाण्डेले खानपान र जीवन शैलीको बारेमा सिकाई गर्नु भएको थियो । 
    कार्यक्रममा जनप्रतिनिध राजनीतिक दल, शिक्षक, विव्यस अध्यक्ष कर्मचारी, पत्रकारलगाएत गरी ३ सय बढीको सहभागिता रहेको थियो ।
    रामपुर नगरपालिकाको आयोजनामा २ दिने मेडिटेशन मोटिभेशन कार्यक्रम आईतबार सम्पन्न भएको हो ।IMG_0830.JPG

    सोमवार, मंसिर १७ २०८१०८:५५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend