Logo

आइतवार, कार्तिक २ गते २०८३

images

रामपुरमा जलवायु  सुदृढीकरण अभिमूखिकरण  

रामपुरमा जलवायु  सुदृढीकरण अभिमूखिकरण  

  • PNN Times
  • मंगलवार, मंसिर २५ २०८१


  • रामपुरमा जलवायु  सुदृढीकरण अभिमूखिकरण  

    मङ्सिर २५, पाल्पा ।
    पाल्पाको रामपुरमा जलवायु उत्थानशिल कार्य सुदृढीकरणको लागि सचेतनामूलक अभिमूखिकरण कार्यक्रम गरिएको छ । गैरसरकारी संस्था महासंघ पाल्पाको आयोजनामा स्थानीय तहका जनप्रतिनिधिहरुलाई सोमबार अभिमुखिकरण प्रदान गरिएको हो ।
    कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जलवायु परिवर्तनका कारण मानव भविष्य नै सङ्कटमा रहेको बताउनुभयो । उहाँले विश्व मै चुनौतिको रुपमा रहेको जलवायु परिवर्तनको उत्थानशिलताको कार्यका लागि गम्भीरताकासाथ लाग्न आवश्यक रहेको औंल्याउनुभयो । विकाससँंगै विनास निम्त्याई जलवायुमा ठुलो असर पु¥याएको भन्दै यसबाट नेपाल जस्तो देश बढी प्रभावित भएको नगर प्रमुख थापाको भनाई छ । प्रकृतिको अधिक दोहन र कार्बन उत्सर्जनका कारण जलवायुमा आएको परिवर्तनले हरेक क्षेत्र र प्राकृतिक संरचनामा असर पु¥याएको छ । जलवायु परिवर्तन उत्थानशिल कार्यका लागि हरेक स्थानीय तह र निकायले सोही अनुसारको नीति तथा कार्यक्रम एवं योजना बनाउनु पर्ने उहाँले बताउनुभयो ।
    कार्यक्रममा नगर उपप्रमुख बालकुमारी थापाले चुनौतिको रुपमा रहेको जलवायु परिवर्तनको उत्थानशिलाका लागि मानवीय व्यवहारमा परिवर्तनसँंगै सबै सचेत हुन आवश्यकता रहेको बताउनुभयो । उहाँले समयमै उत्थानशिल कार्य गर्न नसके मानव र पृथ्वीको भविष्य नै खतरामा पर्ने व्यक्त गर्नुभयो । 
    गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भोजराज तिमिल्सिनाले जलवायु परिवर्तन र यसको उत्थानशिलताका लागि सोही तरिकाको योजना तय गरेर जानू पर्ने सुझाव दिनुभयो । उहाँले देशभरका ७ सय ५३ वटा पालिका मध्ये १ सय ५१ पालिका बढी प्रभावित हुने र त्यस मध्ये पाल्पाका ७ वटा पालिका पर्ने भएकाले पहिलो चरणमा अभिमुखिकरण कार्यक्रमको थालनी गरिएको जानकारी गराउनुभयो ।

    मंगलवार, मंसिर २५ २०८१०९:१५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend