मङ्सिर २५, वालिङ ।
स्याङ्जामा तीन जना पत्रकारलाई सम्मान गरिएको छ । पत्रकार महासँघ स्याङ्जाले आफ्नो १४ वार्षिक साधारणसभा एवम् छैटौं अधिवेशनका अवसरमा जिल्लामा क्रियाशिल तीनजना पत्रकारलाई सम्मान गरेको हो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, प्रेस चौतारीका केन्द्रीय सदस्य हिमलाल पराजुली र गल्याङ एफ एमका स्टेशन म्यानेजर खेमप्रसाद खनाल ( केपी ) लाई महासंघद्वनरा सम्मानित भएका हुन् ।
जिल्ला सदरमुकाम स्याङ्जामा आज समुद्घाटन गरिएको १४ औं वार्षिक साधारणसभाको समापन पछि अधिवेशनको प्रकृया अगाडि बढ्ने महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले जानकारी गराउनुभयो ।
अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । बुधबार मनोनयन दर्ता, विहिबार अन्तिम नामावली प्रकाशन र शुक्रबार निर्वाचन हुँनेछ ।