Logo

आइतवार, कार्तिक २ गते २०८३

images

राजनीति र पत्रकारिता समाज परिवर्तनका लागि गरिने सेवा हो—संंघीय सांसद थापा

राजनीति र पत्रकारिता समाज परिवर्तनका लागि गरिने सेवा हो—संंघीय सांसद थापा

  • गोपाल जिटी
  • मंगलवार, मंसिर २५ २०८१


  • राजनीति र पत्रकारिता समाज परिवर्तनका लागि गरिने सेवा हो—संंघीय सांसद थापा

    मङ्सिर २५, वालिङ ।
    संघीय सांसद राजु थापाले राजनीति र पत्रकारिता समाज परिवर्तनका लागि गरिने सेवा भएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ स्याङ्जाको आज मङलबार जिल्ला सदरमुकाम पुतलीबजारमा १४ औं वार्षिक साधारणसभा एवम् छैटौं अधिवेशन कार्यक्रमको समुद्घाटन गर्दै संघीय सांसद थापाले सो कुरा बताउनु भएको हो । पछिल्लो समय पत्रकारिता र राजनीति पैसाकेन्द्रित हुँदा मुलुक पछाडि परेको छ । राजनीति र पत्रकारिता समाज परिवर्तनका लागि गरिने समाजसेवा भएकाले सोहि अनुसार गरिनुपर्ने सङ्घीय सांसद थापाको भनाई छ । यसकासाथै सांसद थापाले भन्नुभयो, “पत्रकारिता राज्यको चौँथो अंग हो, श्रमजीवि पत्रकारलाई राज्यले संरक्षण गर्नुपर्छ । म प्रेस स्वतन्त्रताको पक्षमा छु । प्रेस स्वतन्त्र हुनुपर्छ, प्रेसलाई अङ्कुस लगाउनेको विरुद्धमा म उभिँदै आएको छु ।”
    प्रेसको मर्म र भावना अनुसार पत्रकारहरुले कलम चलाउनुपर्छ । ज्यानलाई दाउमा राखेर पत्रकारहरुले कमल चलाउँदै गर्दा शहिद भएको स्मरण गर्दै निस्वार्थ भावनाले पत्रकारिता गर्नुपर्नेमा उहाँको जोड थियो । पत्रकारहरुले धेरै कठिन परिस्थितिमासमेत कलम चलाएको, राज्य र समाज परिवर्तनका लागि महत्वपूर्ण योगदान पु¥याएको इतिहास साक्षी छ । यसैगरी पत्रकारहरुले भ्रष्ट्राचारका विरुद्ध कलम चलाउन उहाँको आग्रह थियो ।
    उहाँले देश विकासका लागि राष्ट्रिय संकल्प आवश्यक छ, त्यो हो आर्थिक समृद्धि ।  त्यसैले आर्थिक समृद्धिको पाटोलाई राष्ट्रिय सङ्कल्प बनाएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो ।
    यस अवसरमा महासंघद्वारा जिल्लाका ३ जना क्रियाशिल पत्रकारहरु सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, प्रेस चौतारीका केन्द्रीय सदस्य हिमलाल पराजुली र गल्याङ एफ एमका स्टेशन म्यानेजर खेमप्रसाद खनाल ( केपी ) लाई महासंघद्वारा सम्मानित भएका हुन् । जनही ५ हजार ५ सय ५५ नगद सम्मानपत्रसहित महासंघले सम्मान गरेको हो ।
    अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । निर्वाचनका लागि बुधबार मनोनयन दर्ता, विहिबार अन्तिम नामावली प्रकाशन र शुक्रबार निर्वाचन हुँनेछ ।

    मंगलवार, मंसिर २५ २०८१०६:५६:५३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend