मङ्सिर–२९,वालिङ ।
नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा प्रदिप कोइराला निर्वाचित हुनुभएको छ । हिजो २८ गते शुक्रबार भएको महासंघको निर्वाचनमा कोइराला निर्वाचित हुनुभएको हो ।
नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको तर्फबाट उमेदवार बन्नुभाएका कोइराला र प्रेस सेन्टरबाट उम्मेद्वार बन्नुभएकी प्रतिक्षा काफ्ले बीच चुनावी प्रतिष्पर्धा भएको थियो ।
गठबन्धनको तर्फबाट उमेद्वार बन्नुभएका कोइराला ३४ मत प्राप्तगरी महासंघको अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रेस सेन्टरबाट उमेद्वार बन्नुभएकी काफ्लेले १३ प्राप्त गर्नुभएको थियो ।
यसैगरी सहसचिवमा एकबहादुर गोदार (रमेश) ३० मतसहित विजयी हुनुभएको छ । गोदारले ३० मत सहित विजयी हुँदा उहाँका प्रतिष्पर्धी खेमप्रसाद खनालले (केपी) ले १६ मत प्राप्त गर्नुभएको छ ।
गठबन्धन र प्रेस सेन्टरबीच अध्यक्ष, खुला सहसचिव,४ खुल्ला सदस्य सहित १ समावेसी सदस्यका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यतर्फ युवराज पौडेल ४१, रामबहादुर रोकाह ४०, कृष्ण बस्याल ४०, सबिनचन्द्र डोटेल ३७ मत सहित विजयी भएका हुन् । शालिकराम पोख्रेलले १० मत प्राप्त गर्नुभएको छ । त्यस्तै समावेसी सदस्यमा हिमलाल घर्तीले ३५ मत सहित विजयी हुँदा उहाँका प्रतिष्पर्धी कामना सुँनारले ११ मत प्राप्त गर्नुभएको छ । महासंघमा ५४ सदस्य रहेकामा ४९ जनाले मतदानमा भाग लिएका थिए ।
यसअघि खुल्ला उपाध्यक्षमा प्रेस चौतारीको तर्फबाट माधव गैरे, युनियनबाट महिला उपाध्यक्षमा साधना न्यौपाने, सचिवमा चौतरीबाट हरीप्रसाद सुवेदी (सुशील) समावेशी सह–सचिवमा चौतारीकै कला राना र कोषाध्यक्षमा युनियनका जोगराज पाठक निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी महिला सदस्य युनियनबाट आरती कुँवर, दलित सदस्यमा सेन्टरबाट नारायण विश्वकर्मा र जनजाति सदस्यमा युनियनबाट विनोद रखाली निर्विरोध निर्वाचित भए । त्यस्तै केन्द्रीय परिषद सदस्यमा युनियनबाट ओमप्रकाश शर्मा, पार्वती पाण्डे प्रदेश परिषद सदस्यमा तोलाकान्त बगाले, टिकाराम अधिकारी, पूmलमाया भट्टराई, रामु भट्टराई निर्विरोध चयन भएका छन् ।