Logo

आइतवार, कार्तिक २ गते २०८३

images

वालिङ नगरपालिकामा अन्तरक्रिया तथा अनुभव आदान प्रदान

वालिङ नगरपालिकामा अन्तरक्रिया तथा अनुभव आदान प्रदान

  • गोपाल जिटी
  • बुधवार, पौष ३ २०८१


  • वालिङ नगरपालिकामा अन्तरक्रिया तथा अनुभव आदान प्रदान

    पुस—३, वालिङ ।
    स्याङ्जाको वालिङ नगरपालिकामा अन्तरक्रिया तथा अनुभव आदान प्रदान गरिएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो), विभिन्न पालिकाका प्रतिनिधिहरु, यस क्षेत्रमा काम गर्दै आएका विकास साझेदार संस्थाका प्रतिनिधि एवम् नगरपालिकाका जनप्रतिनिधिहरुबीच आज बुधबार अन्तरक्रिया तथा अनुभव आदान प्रदान गरिएको हो ।
    नेपाल सरसफाई भ्रमण वर्ष २०८१ अन्तर्गत आएका बारा जिल्लाको बारागढी गाउँपालिकासहित ४ वटा पालिका, ४ वटा संस्था एवम् ३ वटा नीजि संस्थाका प्रतिनिधि एवम् जनप्रतिनिधिहरुको सहभागितामा अन्तरक्रिया तथा अनुभव आदान प्रदान गरिएको छ ।20241218_125042.jpg
    कार्यक्रममा वालिङ नगर उप प्रमुख कविता तिवारी गैह«ेले नगरपालिकाको परिचय र समग्र वालिङको वातावरण तथा सरसफाईलगायत संक्षिप्त जानकारीसहितको प्रस्तुतिकरण राख्नु भएको थियो । उपप्रमुख गैह«ेले प्रशोधन केन्द्रमा फोहर वर्गीकरण र संकलनमा जनशक्ति स्वचालित रुपमा छुट्याउनु, फोहरको पुनः प्रयोगबाट डिस्पोजल भाँडाहरु, नेप्किनहरु र प्लाष्टिकका भाँडाहरु निर्माण गर्नेलगायतका भावी योजनाहरुका बारेमा जानकारी गराउनुभयो । कागज, प्लाष्टिक, धातु जस्ता सुख्खा फोहरलाई पुनः प्रयोग गरी विभिन्न उपचार प्रविधिबाट उर्जा पुनः प्राप्त गर्ने । जसले उर्जा रिकभरी विधिमा विजुली उत्पादन, तातो क्याप्चर र वायोमास इन्धन उत्पादन समावेश हुने भावी कार्यक्रम रहेको उप प्रमुख गैह«ेले व्यक्त गर्नुभयो । यसका साथै वातावरण र सरसफाईलाई थप व्यवस्थित गर्दैजाने गरी नगरपालिका लागिपरेको उहाँले बताउनुभयो ।
    यसैगरी बारागढी गाउँपालिकाका अध्यक्ष अशोक कुमार जयसवालले आफ्नो पालिकाका गतिविधिसहित शुभकामना मन्तव्य राख्नुभएको थियो ।
    नेपाल सरसफाई भ्रमण वर्ष २०८१ अन्तर्गत आएका बारा जिल्लाको बारागढी गाउँपालिकासहितका टिमले वालिङ नगरपालिकाको फोहर व्यवस्थापन केन्द्रसहित रहेको सुन्दर पार्कको अवलोकन गरेका थिए । कार्यक्रममा वालिङ नगरपालिकाका विषयगत शाखा प्रमुखहरुसहित कर्मचारीहरुको सहभागिता रहेको थियो ।IMG_7614.JPGIMG_7678.JPG

    बुधवार, पौष ३ २०८१०६:३७:०६

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend