Logo

आइतवार, कार्तिक २ गते २०८३

images

स्थानीय सरकार संविधानले सबैभन्दा धेरै विश्वास गरेको र जिम्मेवारी बढी भएको सरकार हो—गृहमन्त्री लेखक

स्थानीय सरकार संविधानले सबैभन्दा धेरै विश्वास गरेको र जिम्मेवारी बढी भएको सरकार हो—गृहमन्त्री लेखक

  • PNN Times
  • बिहिवार, पौष ४ २०८१


  • स्थानीय सरकार संविधानले सबैभन्दा धेरै विश्वास गरेको र जिम्मेवारी बढी भएको सरकार हो—गृहमन्त्री लेखक

    पुस ४, पाल्पा ।
    नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले संविधानले सबैभन्दा धेरै विश्वास गरेको र जिम्मेवारी बढी भएको स्थानीय सरकार भएको बताउनुएको छ । जनता सबैभन्दा छिटो र सजिलो नजिक जोडिने निकाय स्थानीय सरकार भएको गृहमन्त्री लेखकको भनाई छ । सीमित स्रोत साधनका बीच काम गर्नु परे पनि उत्साह र आत्मबलकासाथ जनताको सेवामा लाग्न उहाँको आग्रह छ । 
    पाल्पाको रामपुरमा जिल्लाका १० वटै पालिका प्रमुखसहित जनप्रतिनिधिहरुसँग गरिएको अन्तरक्रियामा बोल्दै गृहमन्त्री लेखकले पछिल्लो समय प्रहरी प्रति जनताको विश्वास बढेको भन्दै जनताको शान्ति सुरक्षाका लागि सरकार प्रतिबद्ध भएर लागेको उल्लेख गर्नुभयो । उहाँले हरेक स्थानमा प्रायजसो प्रहरी र ईलाका प्रशासनको माग बढी आउने गरेकाले आवश्यकता अनुसार सबै स्थामा व्यवस्था गरिने विश्वास व्यक्त गर्नुभयो ।
    कार्यक्रममा ताजसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले ऐतिहासिक महत्व बोकेका क्षेत्रको संरक्षणका लागि स्थानीय सरकारको बचेटले मात्र सम्भव नभएको भन्दै केन्द्र सरकारले विषेश प्राथमिकता दिन आग्रह गर्नुभयो । साथै स्थानीय सरकारलाई सहज रुपमा काम गर्नका लागि संघ सरकारले सहज कानून बनाउन आवश्यक रहेको बताउनुभयो । 
    यसैगरी रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले समग्र जिल्लाको शान्ति सुरक्षाका लागि दरबन्दी अनुसारको प्रहरी जनशक्ति खटाउन र प्रहरी चौकीको स्तरोन्नती गर्न माग गर्नुभयो । उहाँले रामपुरमा तत्काल डिएसपि पठाउन,अव्यवस्थित जग्गाको स्रेस्ता कायम भएकोले तत्काल बेच बिखन गर्नका लागि कानुनी बाटो फुकाउन, ईलाका प्रशासन कार्यालय मार्फत राहदानी र राष्ट्रिय परिचयपत्र वितरण सेवा नियमित प्रदान गर्न आग्रह गर्नुभयो । 
    सहभागी पालिका प्रमुखहरुले आ—आफ्ना पालिकाको शान्ति सुरक्षाको आवस्था, आवश्यकता एवम् सम्भावनाहरुको जानकारीसहित संघीय सरकारका तर्फबाट उचित सम्वोधनसहित विकासका काममा अभिभावकत्वको भूमिका निभाउन आग्रह गरेका छन् । 

    बिहिवार, पौष ४ २०८१०१:४४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend