Logo

आइतवार, कार्तिक २ गते २०८३

images

घरमा आगोलागी, करिव १५ लाखको क्षति

घरमा आगोलागी, करिव १५ लाखको क्षति

  • गोपाल जिटी
  • शुक्रवार, पौष ५ २०८१


  • घरमा आगोलागी, करिव १५ लाखको क्षति

                                                                                   फोटो फाईल 
    पुस ५, वालिङ ।
    स्याङ्जाको भीरकोटस्थित एक घरमा आगोलागी भएको छ । भीरकोट नगरपालिका वडा नम्वर १ भलुवा डाँडास्थित कच्ची घरमा आगोलागी हुँदाकरिव १५ लाख बराबरको क्षति भएको छ । 
    प्रहरीका अनुसार भलुवाडाँडाका बेलनारायण श्रेष्ठको ढुङ्गामाटाले बनेको कच्ची घरमा हिजो साँझ अन्दाजी साढे ६ बजेको समयमा आगोलागी भएको हो । श्रेष्ठको घरमा आगोलागी हुँदा घरको मात्र १ लाख ३० हजार बराबरको क्षति हुनगएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी गराएको हो । योसँगै ७ तोला सुन एवम् अन्य सामग्रीसहित करिव १५ लाखको क्षति हुन गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगो निभाउन सहयोग गर्ने स्थानीय कोटबहादुर मगरको टाउकोमा चोट लागेको छ । मगर उपचार पश्चात डिस्चार्ज भैसकेको छ ।

    शुक्रवार, पौष ५ २०८१०१:२८:२१

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend