Logo

आइतवार, कार्तिक २ गते २०८३

images

नेपाल मुस्लिम इत्तेहाद सँगठन गण्डकी प्रदेशको प्रथम अधिवेशन 

नेपाल मुस्लिम इत्तेहाद सँगठन गण्डकी प्रदेशको प्रथम अधिवेशन 

  • गोपाल जिटी
  • आइतवार, पौष ७ २०८१


  • नेपाल मुस्लिम इत्तेहाद सँगठन गण्डकी प्रदेशको प्रथम अधिवेशन 

    पुस ७, वालिङ ।
    नेकपा एमाले सम्वद्ध नेपाल मुस्लिम इत्तेहाद सँगठन गण्डकी प्रदेशको प्रथम अधिवेशन हुने भएको छ । “सम्पूर्ण मुस्लिम एक होऔं, मुस्लिम एकता जिन्दावाद ! समृद्ध नेपाल, सुखी नेपाली” भन्ने मूल नारासहित सँगठनको प्रथम अधिवेशन यहि पुस २० गते पोखरामा हुने सँगठनका स्याङ्जा जिल्ला अध्यक्ष हनिफ मियाँले जानकारी गराउनुभयो ।
    गत मङ्सिर २६ गतेको बैठकको निर्णय अनुसार यहि पुस २० गते गण्डकी प्रदेश सँगठनको प्रथम अधिवेशन पोखरामा गरिने  मियाँले जानकारी गराउनुभएको हो । मियाँका अनुसार सँगठन तनहुँका अध्यक्ष नूर मोहम्मद मियाँको संयोजकत्वमा अधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । अधिवेशनको प्रचार प्रसारको जिम्मा गण्डकी प्रदेशका सबै जिल्ला अध्यक्षहरुलाई दिइएको छ । अधिवेशनका लागि कास्की र स्याङ्जाबाट १३÷१३ र अरु जिल्लाबाट ७÷७ जना प्रतिनिधि रहने छन् । IMG-20241221-WA0001.jpg

    आइतवार, पौष ७ २०८१०८:४४:४३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend