Logo

शनिवार, कार्तिक १ गते २०८३

images

 जेसिजको केन्द्रीय उपाध्यक्षमा वालिङका अर्याल निर्वाचित 

 जेसिजको केन्द्रीय उपाध्यक्षमा वालिङका अर्याल निर्वाचित 

  • PNN Times
  • मंगलवार, पौष ९ २०८१


  •  जेसिजको केन्द्रीय उपाध्यक्षमा वालिङका अर्याल निर्वाचित 

    पुस ९। नेपाल जेसिजको ५१औं महाधिवेशनमा वालिङ जेसिजका मणि प्रसाद अर्याल केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन्। इटहरीमा सम्पन्न महाधिवेशनमार्फत वर्ष २०२५ का लागि जेसिजको निर्वाचनमा उनले ७८३ मत प्राप्त गर्दै उपाध्यक्ष पदमा विजय हासिल गरेका हुन्।

    वालिङ जेसिज २०२३ का अध्यक्ष रहेका अर्याल वालिङ टेलिभिजनका प्रबन्धक र वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणका प्रेस संयोजकसमेत हुन्।

    महाधिवेशनबाट अर्यालसँगै नेपाल जेसिजको १२ जना राष्ट्रिय उपाध्यक्ष चयन भएका छन् भने केन्द्रीय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छिन्।

    महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी वर्षका लागि जेसिजका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    मंगलवार, पौष ९ २०८१०८:२३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend