Logo

आइतवार, कार्तिक २ गते २०८३

images

सामाजिक उत्तरदायित्वमा जोडिदै वालिङ तमु समाजले ल्होसार मनाउने

सामाजिक उत्तरदायित्वमा जोडिदै वालिङ तमु समाजले ल्होसार मनाउने

  • गोपाल जिटी
  • शुक्रवार, पौष १२ २०८१


  • सामाजिक उत्तरदायित्वमा जोडिदै वालिङ तमु समाजले ल्होसार मनाउने

    पुस—१२, वालिङ ।
    पुस १५ गुरुङ समुदायको विशेष पर्व हो । यो पर्वलाई गुरुङ (तमु) समुदायले आफ्नो संस्कार संस्कृतिसहित विविध कार्यक्रम गरेर मनाउदै आएको छ । यस दिनका अवसरमा देश विदेशमा रहने तमुहरुले परापूर्वकालदेखि नै विशेष महत्वकासाथ मनाउदै आएका छन् । यो समुदायको लागि १५ पुसदेखि नयाँवर्षको सुरुसँगै नयाँ वर्गमा प्रवेश गर्ने विश्वास छ । यो वर्ष गुरुङ समुदायले गिद्ध वर्गको विदाई गरी सर्प वर्गमा प्रवेश गर्नेछन् । 
    ल्होसार पर्वमा ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाई भोज खुवाउने र एकआपसमा शुभकामना साटासाट गरी मनाउने गरिन्छ  । यो पर्वमा गुरूङ जातिहरू आफ्नै मौलिक भेषभुषामा सजिएर धुमधामले मनाउँछन् ।
    यसैक्रममा तमु समाज वालिङले यस पटकको तमु ल्होसारलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउने भएको छ । समाजले भोलि १३ देखि १६ गतेसम्म विविध कार्यक्रम गरेर मनाउने जनाएको छ । यस अनुसार १३ वालिङ बजार क्षेत्रमा सांस्कृतिक झाँकीसहित ¥याली गरिनेछ । १४ गते वालिङस्थित अस्पतालहरुमा रहेका विरामीहरुलाई फलफूल वितरण गरी सामाजिक उत्तरदायित्वमा जोडिने समाजले जानकारी दिएको छ । यस कार्यक्रम अन्तर्गत १४ गते विहान गह्रौँ प्राथमिक अस्पताल, वालिङ हस्पिटल र वालिङ सामुदायिक डायलाईसिस केन्द्रमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिने कार्यक्रम रहेको छ ।
    यसैगरी १५ गते विभिन्न रमाइलो खेल, समुदायमा विध्यमान संस्कार संस्कृतिको प्रदर्शनसहित शुभभोज हुने छ । १६ गते विविध सांस्कृतिक कार्यक्रमगरी ल्होसार पर्व समापन गरिने समाजका महासचिव  इश्वर गुरुङले जानकारी गराउनुभयो ।

    शुक्रवार, पौष १२ २०८१०८:५१:१४

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend