Logo

आइतवार, कार्तिक २ गते २०८३

images

पत्रकारद्वारा जन्मदिनको अवसरमा अक्षयकोष स्थापना

पत्रकारद्वारा जन्मदिनको अवसरमा अक्षयकोष स्थापना

  • PNN Times
  • सोमवार, पौष १५ २०८१


  • पत्रकारद्वारा जन्मदिनको अवसरमा अक्षयकोष स्थापना

    पुस—१५, वालिङ ।
    स्याङ्जाका पत्रकारद्वारा विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । भीरकोट नगरपालिका ६ निवासी पत्रकार नारयणप्रसाद कोइरालाले आफ्नो जन्मदिनको अवसरमा आफूले पढाउने विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो ।
    कोइरालाले आँफूले पढाउने भीरकोटको ८ नम्वर वडाको पब्लिक एकेडेमी माविमा हिजो जन्मदिनको अवसर पारेर आफ्ना हजुरबुवा र हजुरआमाको नाममा अक्षयकोष स्थापनाका लागि विद्यालयका प्रधानाध्यापक देवका रेग्मीलाई ५५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
    नेपाल पत्रकार महासंघ एवम् प्रेस चौतारी नेपाल स्याङजाका सदस्य कोइरालाका स्वर्गीय हजुरबुबा एकनारायण कोइराला र हजुरआमा विन्द्राकुमारी कोइरालाको स्मृतिमा एकनारायण विन्द्रा अक्षय कोष स्थापना गर्नुभएको हो ।
    कोईरालाले आईतबार आफूले अध्यापन गराउने विद्यालय पब्लिक एकेडेमी माविमा अक्षयकोषको स्थापनाका लागि चेक हस्तान्तरण गरेको जानकारी गराउनुभयो । उहाँले यसअघि बालोदय आवासीय मावि र भाग्योदय माविमा पनि अक्षयकोष स्थापना गरिसक्नुभएको छ ।  २०६३ सालदेखि बालोदय मावि भिरकोटबाट अध्यापनको थालनी गर्नुभएका कोइरालाले हाल पब्लिक एकेडेमी माविमा अध्यापन गराउँदै आउनुभएको छ ।  
    स्मार्ट  अखबार अनलाईनका सञ्चालक समेत रहनुभएका कोईरालाले हरेक व्यक्तिले आफ्नो जन्मोत्सवमा समाजका लागि केहि नयाँ प्रयास गरियो भने समाज परिर्वतनमा सहयोग पुग्ने बताउनुभयो । अक्षय कोषबाट आउने ब्याज रकमले विद्यालयमा अध्यनरत एसईई परीक्षामा ३.२ भन्दा बढी जिपिए ल्याई उत्तीर्ण हुनेलाई छात्रवृत्ति प्रदान गरिने छ ।

    सोमवार, पौष १५ २०८१०८:१२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend