Logo

शनिवार, कार्तिक १ गते २०८३

images

“आँधीखोले लोकगीतका अभिनायक चन्द्रबहादुर सेन मसाने” लोकार्पण

“आँधीखोले लोकगीतका अभिनायक चन्द्रबहादुर सेन मसाने” लोकार्पण

  • गोपाल जिटी
  • सोमवार, पौष १५ २०८१


  • “आँधीखोले लोकगीतका अभिनायक चन्द्रबहादुर सेन मसाने” लोकार्पण

    पुस—१५, वालिङ ।
    स्याङ्जाको वालिङमा “आँधीखोले लोकगीतका अभिनायक चन्द्रबहादुर सेन मसाने”े पुस्तक लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीद्वारा लिखित “आँधीखोले लोकगीतका अभिनायक चन्द्रबहादुर सेन मसाने” पुस्तक लोकार्पण गरिएको हो । कुनै एक व्यक्तिबाट नभएर सामुहिकरुपमा पुस्तक लोकार्पण गरिएको छ ।
    वैकल्पिक बाटो पृथक पाईला सिर्जनात्मक अभियान स्याङ्जाले जिल्लामा साहित्यक पुनर्जागरणको आफ्नो छैटौं वर्ष प्रवेशको सन्दर्भमा वरिष्ठ साहित्कार वनवासीको पुस्तक “आँधीखोले लोकगीतका अभिनायक चन्द्रबहादुर सेन मसाने” लोकार्पण एवम् रचना वाचन कार्यक्रम आयोजना गरेको हो । यसकासाथै वरिष्ठ साहित्कार वनवासीले आफ्नो ८५ औं वर्ष प्रवेशको अवसर पारेर पुस्तक सार्वजनिक गर्नुभएको हो ।IMG_8758.JPG
    कार्यक्रममा वसन्त खनालले पुस्तकमाथि चर्चा गर्नुभएको थियो । आँधीखोले लोकगीत र चन्द्रबहादुर सेन “मसाने” लोक तथा दोहोरीगीतका पर्याय भएको र लोकगीत एवम् लोक साहित्यको ऐतिहासिक पृष्टपोषककारुपमा पुस्तकलाई आफूले देखेको खनालले उल्लेख गर्नुभयो ।
    यसैगरी लेखक वनवासीको जीवनी, व्यक्तित्व र कृतित्वका सन्दर्भमा लक्ष्मी रेग्मीले बोल्नुभएको थियो । लोक साहित्य, बाल साहित्य तथा समग्र नेपाली साहित्यका क्षेत्रमा सिर्जनाकार वनवासी सिङगो इतिहास भएको रेग्मीले व्यक्त गर्नुभयो । लेखक वनवासीका लेखनीमा निरन्तरता, दर्जनौं कृति, सादगी जीवन, साहित्यप्रतिको समर्पन एवम् विधागत लोकप्रियताले यसको पुष्टी गरेको छ, रेग्मीले भन्नुभयो ।
    पुस्तकमा चन्द्रबहादुर सेन मसानेका सन्दर्भमा २००७ सालअघि ख्याति कमाएका, दोहोरीगीतमा जीतेर भूरे राजा गुप्तबहादुर खाँणबाट रु.५सय बक्सिस पाएको इतिहास समेटिएको छ । यसैगरी तत्कालिन राजा महेन्द्रबाट २०१५ र ०१८ सालमा आँधीखोले लोकगीत गाएर दुई पटक स्वर्ण पदक प्राप्त गरेका मसानेको ऐतिहासिक उपलव्धी र योगदानसहित विभिन्न आलेखहरु पुस्तकमा पाइन्छन् । पुस्तकमा आलेख खण्ड, अन्तवार्ता खण्ड, परिशिष्ट खण्ड र दस्तावेज खण्डगरी ४ खण्डमा साहित्यिक सिर्जनाहरु समेटिएको छन् ।
    कार्यक्रममा एक दर्जन भन्दा धेरैले आ—आफ्ना सिर्जना वाचन गरेका थिए ।IMG_8750.JPGIMG_8743.JPG

    सोमवार, पौष १५ २०८१०४:१५:०२

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend