Logo

आइतवार, कार्तिक २ गते २०८३

images

वालिङ नगरपालिकाको सार्वजनिक सुनुवाई, सहकारी देखि शिक्षक सरुवा बढुवा सम्मका जिज्ञासा

वालिङ नगरपालिकाको सार्वजनिक सुनुवाई, सहकारी देखि शिक्षक सरुवा बढुवा सम्मका जिज्ञासा

  • PNN Times
  • शुक्रवार, पौष १९ २०८१


  • वालिङ नगरपालिकाको सार्वजनिक सुनुवाई, सहकारी देखि शिक्षक सरुवा बढुवा सम्मका जिज्ञासा

    पुस—१९, वालिङ ।
    स्याङ्जाको वालिङ नगरपालिकाले विहिबार सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा र प्रभावकारिता विषयक चालु आर्थिक वर्ष २०८१÷०८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई गरेको हो ।  
    कार्यक्रममा वालिङमा देखिएको सहकारीका समस्यादेखि शिक्षक सरुवा बढुवासम्मका जिज्ञासा नागरिकले राखेका थिए । गतिशील बहुउद्देश्यीय महिला सहकारीका बचतकर्ताहरुको रुवाबासी स्थानीय सरकार र पत्रकारबाट पनि बेवास्ता भएको नागरिकले गुनासो गरे । 
    सहभागी श्याम शर्माले भन्नुभयो, “सहकारी पिडित पटक पटक नगरपालिका धाए, मेयरसाबले सहकारी छानविन समिति बनाउने भन्नुभयो । समिति पनि बन्यो तर उक्त समितिको संयोजकलाई प्रगतिको बारेमा प्रश्न गर्दा गैह्रजिम्मेवार उत्तर दिनुभयो ।”
    यसैगरी व्यवसायी तथा प्रकाश अर्यालले वालिङ नगरपालिकामा रहेका विभिन्न शाखाहरुमा स्पष्ट रुपमा कार्यालयको सेवा र सुविधाका विषयमा जानकारी दिने बडापत्र नहुँदा नागरिक अलपत्र पर्ने अवस्था रहेको भन्दै वालिङबाट अन्यत्र बसाईँसराई व्यापक रहेकोमा नगरपालिकाले यसतर्फ ध्यानदिनुपर्ने सुझाए । त्यस्तै ओमप्रकाश पंगेनीले सार्वजनिक सुनुवाईका लागि समय एकथरी दिने र सुरुवात २ घण्टा ढिला गरी गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने भन्दै जनप्रतिनिधिबाट कस्तो पाठ सिक्ने भन्दै प्रश्न गर्नुभयो । कार्यक्रममा नागरिकहरुले धेरै गुनासो र आक्रोस पोखेको थिए । शिक्षक सरुवा बढुवादेखि सार्वजनिक शौचालयसम्मका गुनासाहरु नागरिकको थियो । त्यस्तै ग्रामिण क्षेत्रका नागरिकहरुले कृषिमा वन्यजन्तुको आक्रमणका कारण गाउँ रित्तो हुने अवस्था रहेको भन्दै त्यसतर्फ नगरपालिकाको ध्यान पुग्नुपर्नेमा जोड दिएका छन् ।K.jpg
    वालिङको शिक्षा, स्वास्थ्य, कृषि, बसाईसराई, व्यापार व्यवसाय जताततै समस्या देखिएकाले आगामी १० वर्षमा वालिङको भविष्य कस्तो रहन्छ भन्दै प्रश्न गरे । कार्यक्रममा जिज्ञासाहरुको सम्बोधन गर्दै नगरप्रमुख कृष्ण खांँणले जनप्रतिनिधिहरुलाई खबरदारी गरिरहने, मार्ग निर्देश गर्ने सबै शुभेच्छुक भएको बताउनुभयो । नागरिकहरुका खबरदारीका कारण जनप्रतिनिधि सच्चिएर नगरको थप विकासका लागि सकारात्मक उर्जा मिल्ने नगरप्रमुख खांणको भनाई थियो ।
    मानवबाट नै मानवीय त्रुटि हुने भएकाले नाजानेर हुने र नियतबस गरिने त्रुटी भने फरक रहेको उहाँको भनाई थियो । उहाँले वालिङबाट हुने बसाईसराईको विषयमा प्रमुख कारणहरु पत्ता लगाउँदै यहाँ सम्भावनाहरुको खोजी गरी शिक्षा, स्वास्थ्य र रोजगारीको पक्षलाई सबल बनाएर बसाईसराई रोक्न पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । समयमै नियमन हुन नसक्दा पछिल्लो समय मुलुकका धेरै सहकारीहरुमा समस्या सिर्जना भएको र वालिङमा छानविन समितिले नै यहाँका सहकारीहरुमा देखिएका समस्याको निराकरण गरिने नगर प्रमुख खाँणले बताउनुभयो । गतिशील सहकारीमा देखिएको समस्या समाधानका लागि नगरपालिका लागिपरेको छ, अबको एक महिनामा सहकारीको समस्या समाधान गरिने उहाँको दावी थियो ।Ka.jpg
    कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले चालु आर्थिक वर्षमा ९६ करोड १४ लाख १४ हजार ७ सय ४१ रुपैँयाको बजेटमा रहेर काम भईरहेको बताउनुभयो । वालिङ नगरपालिकाले सरसफाई एवम् स्वास्थ्यका क्षेत्रमा राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको भन्दै कृषिका क्षेत्रमा दुधमा अनुदान, बीउ पुँजीलगायतका कार्यहरु गरिएको जानकारी गराउनुभयो ।G.jpg

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले चालु आर्थिक वर्षमा अहिलेसमम २३.८३ प्रतिशत चालु खर्चको प्रतिवेदन प्रस्तुत गर्दै पूँजीगत ७.०४ प्रतिशत रकम खर्च भएको उल्लेख गर्नुभयो । 
    सार्वजनिक सुनुवाई कार्यक्रम गह्रौँ कालिका मिडिया प्रालीको सहजिकरणमा भएको हो ।Pu.jpg

    images

    शुक्रवार, पौष १९ २०८१०८:३२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend