पुस—२०, वालिङ ।
स्थानीय पहिचानका लागि वालिङ उद्योग वाणिज्य संघले राम्रो भूमिका खेलेको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनु भएको छ । संघले आफ्नो स्थापना काल देखि स्थानीय उत्पादनको बजारीकरणका लागि मेला महोत्सवको आयोजना मार्फत बजारीकरणसँगै वालिङ नामलाई चिनाउन पनि निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको नगर प्रमुख खाँणले बताउनुभयो ।
शनिबार वालिङ उद्योग वाणिज्य संघको १८औँ साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख खांणले वालिङको पहिचानमा लागि संघले गरेका गतिविधि, वालिङमा मालपोत कार्यालय, नापी कार्यालयको स्थापनालगायतका काममा संघको निकै ठुलो भूमिका रहेको भन्दै संघको प्रशंसा गर्नुभयो ।
२०५३ सालमा वालिङ नगरपालिका स्थापना भएको र २०५४ सालमा वालिङ उद्योग वाणिज्य संघ स्थापना गरी अहिलेसम्म अनवरत रुपमा वालिङको पहिचान र समृद्धिका लागि कार्य गर्दै आएको उहाँले बताउनुभयो ।
नगर प्रमुख खाँडले नेपाल सरकारले लिएको स्मार्ट सिटिको अवधारणलाई पूरा गर्न आफू नेपाल सरकारका अर्थमन्त्री संँग निरन्तर भेटधाटमा लागिपरेको उल्लेख गर्नुभयो । उहाँले केही अपुरा कार्यलाई निरन्तरता दिन पटक पटक अनुरोध गरिरहेको र केही अपुरा कार्यहरु आफ्नो कार्यकाल अवधिभर सम्पन्न हुने विस्वास व्यतm गर्न गर्नुभयो । प्रमुख खांणले संघको विकास गर्नु नगरका व्यापारी व्यवासायीको विकास गर्नुभएको भन्दै यसका लागि आँफू सँधै सकारात्मक रहेको व्यक्त गर्नुभयो ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष मिनलाल कर्माचार्यलाई मरणोपरान्त सम्मान गरिएको थियो भने उक्त सम्मान स्व. कर्माचार्यका धर्मपत्नी धनकुमारी श्रेष्ठलाई प्रदान गरिएको छ । त्यस्तै पूर्व अध्यक्षहरु श्यामप्रसाद श्रेष्ठ, कर्णबहादुर श्रेष्ठ, ल्या. यामबहादुर गुरुङ, पुण्यप्रसाद अर्याल र शोभाकान्त पौडेललाई सम्मान गरिएको थियो । त्यस्तै स्थानीय उद्यमीहरु रुपेन्द्र बगाले, अम्बिका बगाले, गंगाकुमारी राना, धनबहादुर सार्की, हेमप्रसाद गैह्रे, पुरुषोत्तम खनाल, युवराज आलेलाई सम्मान गरिएको छ भने लामो समय सेवा गरिरहनुभएकी कर्मचारी देविकुमारी पाण्डे र शान्ति शर्मालाई समेत सम्मान गरिएको थियो ।
