Logo

आइतवार, कार्तिक २ गते २०८३

images

वालिङमा हेफर आधारशिला अभिमुखिकरण कार्यक्रम 

वालिङमा हेफर आधारशिला अभिमुखिकरण कार्यक्रम 

  • PNN Times
  • आइतवार, पौष २१ २०८१


  • वालिङमा हेफर आधारशिला अभिमुखिकरण कार्यक्रम 

    पुस— २१, वालिङ गते । 
    स्याङ्जाको वालिङ नगरपालिकामा हेफर आधारशिला अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
    कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिरहेको ‘वालिङ कृषि विकास परियोजना’ अन्तर्गत परियोजना समन्वय समितिका सदस्य तथा सरोकारवालाहरुको सहभागितामा अभिमुखी कार्यक्रम शनिबार गरिएको हो । CST waling (2).jpeg
    कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कुष्ण खाँणले कृषि र पशुपालनको क्षेत्रमा फरक शैलीबाट काम गर्न पालिकामा कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । कृषि र पशुपालन पालिकाको प्रमुख क्षेत्र भएको भन्दै प्रमुख खाँणले विभिन्न संघसंस्थाको सहकार्यमा काम गरिरहेको बताउनु भयो । 
    यसैगरी उपप्रमुख कविता तिवारी गैह्रे कृषि र पशुपालनमा नै नगरलाई आत्म निर्भर बनाउन योजनाबद्ध रुपमा पालिका अगाडि बढेको बताउनु भयो । 
    आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत “भोकालाई एक छाक भोजन होईन , जीउने जुक्ति सिकाऔँ” भन्ने मूल नाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा नगरपालिकाको विभिन्न वडामा कार्यक्रम सञ्चालन भईरहेको छ ।
    अभिमुखीकरण कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख,उपप्रमुख,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुखहरु र दियालो संस्थाका पदाधिकारीहरु  लगायत ३० जनाको सहभागिता रहेको थियो । 
    कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका क्षेत्रीय प्रवन्धक प्रेम साम्वयू,सामाजिक विकास शाखाका सकुन्तला रसाली,बरिष्ठ कार्यक्रम अधिकृत विष्णु पाण्डे लगायतले सहजीकरण गरेका थिए ।

    आइतवार, पौष २१ २०८१०८:१३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend